भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

व्यक्तिगत सुरक्षा र सफाइमा ध्यान दिन भनपाको निर्देशन

व्यक्तिगत सुरक्षा र सफाइमा ध्यान दिन भनपाको निर्देशन

२३ असार २०७७ भक्तपुर । लामखुट्टेबाट धेरै रोगहरू सर्ने हुँदा आवश्यक सावधानीका उपायहरू अवलम्बन गर्दै व्यक्तिगत सुरक्षा र सफाइमा ध्यान दिन नगरपालिकाले निर्देशन दिएको छ ।

नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको आयोजनामा किटजन्य रोगहरूबारे अभिमुखीकरण कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले यस्तो निर्देशन दिएका हुन । उपत्यकामा बढ्दो सहरीकरण र जनसंख्या वृद्धिसँगै सर्ने र नसर्ने रोगहरूको पनि जोखिम बढ्दै गएको भन्दै प्रमुख प्रजापतिले देशको विभिन्न ठाउँहरूमा व्यवस्थित सुविधायुक्त स–साना सहर विकास गर्नुपर्नेमा बताए ।

विकासको अर्थ ठूल्ठूला भवन निर्माण गर्नु र चिल्ला सडक बनाउनु मात्र नभएको बताउदै सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका सहरहरूको मौलिक पहिचान र संस्कृतिलाई जोगाइराख्नुपर्ने बताए । रुवा रोगहरूबाट बच्न आवश्यक सर्तकता अपनाउनुका साथै जनचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन आवश्यक भएको उनको जिकिर छ ।

कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका प्रमुख रत्नसुन्दर लासिवाले लामखुट्टेबाट सर्ने रोगबाट निकै सतर्कता अपनाउनुपर्ने बताए । सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै डेङ्गु, मलेरिया, हेपाटाइटिस, स्क्रब टाइफाइड लगायतका रोग नियन्त्रणका लागि तालिमको आवश्यक्ता औल्याए ।

 


Thali Mobile Pvt.Ltd.