भारतीय सुरक्षाकर्मीले हातहतियारसहित नेपालको जमिन कब्जा गर्ने प्रयास

भारतीय सुरक्षाकर्मीले हातहतियारसहित नेपालको जमिन कब्जा गर्ने प्रयास

२३ असार २०७७ कञ्चनपुर । ​हातहतियार सहित १५ वटा गाडीमा आएका भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा एक हजार २०० मिटर जमिन भारतको भन्दै कब्जा प्रयास गरेका छन्‌ । उनीहरुले कञ्चनपुर बेलौरी नगरपालिका– ८ पचुँइस्थित हुलाकी सडक निर्माण कार्यलाई अवरोध गरेका हुन ।

नेपालतर्फको भूमि भारतले सुरक्षा दलबल लगाएर अवरोध गरेपछि सडक निर्माणकार्यको कार्य रोकिएको छ । ३८ नम्बर सीमा स्तम्भ नजिक सडक कालोपत्रे गर्नका लागि बेस राख्ने कार्य ७५ प्रतिशत पुरा भएको भन्दै इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए ।

नेपालतर्फको एक हजार २०० मिटर क्षेत्र भारतमा पर्ने दावी गर्दै भारतीय पक्षले सडक निर्माणमा अवरोध गरेको उनको भनाई छ । भारतले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) का आधारमा नेपाली भूभाग भारततर्फ पर्ने भन्दै सडक निर्माण रोकेको, तर आफूहरूले भारतको दावीलाई मान्ने स्थिति नरहेको उनले बताए । नेपाली सुरक्षा निकायसँग कुनै समन्वय नै नगरी भारतीय सुरक्षाकर्मीहरू हातहतियारसहित नेपाल पसेकाले चनाखो हुनुपर्ने उनको भनाई छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.