भर्खरै : Sorry, your browser does not support inline SVG.

शंकर पोखरेललाई राष्ट्रिय युवा संघका संयोजक दीपशिखाको जवाफी झापड

शंकर पोखरेललाई राष्ट्रिय युवा संघका संयोजक दीपशिखाको जवाफी झापड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ, नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेकपाकै नेता तथा लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई जवाफी झापड दिएका छन् ।

प्रधानमन्त्री केपी शर्माले गरेका एकल निर्णय फिर्ता लिनुपर्ने भन्दै ओली निकट स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीका अध्यक्ष प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन भनेको कुरालाई जवाफमा दीपशिखाले यस्तो झापड दिएका हुन ।

सामाजिक सञ्जालमा समेत दीपशिखाले प्रधानमन्त्रीको हैसियतमा गरेका एकल निर्णय र मनोमानी फिर्ता लिँदै आत्मालोचित हुनु पर्ने स्टाटस लेखेर सार्वजनिक गरेका छन् । प्रचण्डको प्रस्तावले पार्टी फुटाउने विष्लेषण् गरेका पोखरेलाई पार्टी विभाजनको धम्की नदिन आग्रह गरेका हुन् ।

status

 


Thali Mobile Pvt.Ltd.