भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

शक्तिको आडमा गुठीको जग्गा कब्जा

शक्तिको आडमा गुठीको जग्गा कब्जा

काठमाडौं । तारकेश्वर–८ मा स्थित दालेकी शैक्षिक सार्वजनिक गुठीको ३ आना जग्गा एक व्यक्तिले कब्जा गरेका छन् । राजनीतिक शक्तिको पहुँचको आडमा सो गुठीको जग्गा स्थानीय नारायणकुमार श्रेष्ठले पर्खाल लगाएर कब्जामा लिएको स्थानीयले बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका स्थानीय नेतासमेत रहेका श्रेष्ठले गुठीको नाममा रहेको ८५ नम्बरको कित्ताको जग्गा ८८ नम्बरको कित्तामा गाभ्नका लागि पर्खाल लगाइसकेका छन् । जग्गाको नाप जग्गा रोक्का गर्न मालपोत कार्यालयमा मौखिक तथा राजनीतिक दबाब दिएर गुठी मातहत सञ्चालनमा रहेको विद्यालयको फाइल रोक्ने काम गरेको दालेसी शैक्षिक सार्वजनिक गुठीका प्रमुख सल्लाहकार दीपक पुनले बताए ।

श्रेष्ठले आफ्नो घरनजिकको भागको बाटो छेक्न र आफ्नो जग्गा सार्वजनिक बाटोसमेत मिचेका छन् । श्रेष्ठ तारकेश्वर नगरपालिका–८ को पूर्व वडासदस्य भएको बेला वडा प्रतिनिधिका रूपमा नेपाल रत्न स्कुलको सदस्यसमेत भएका बेलामा स्कुलको पर्खाल भत्काएर आफ्नो बनाएको स्थानीय बताउँछन् ।

शिक्षा ऐन अनुसार नेपाल रत्न स्कुल दालेकी शैक्षिक सार्वजनिक गुठीअन्तर्गत सञ्चालित रहेको छ । शैक्षिक सार्वजनिक गुठीको नियामक ऐन ‘शिक्षा ऐन २०२८ (आठौं संशोधन २०७३)को दफा १६ को उपदफा २ प्रतिकूल हुनेगरी हकभोगभित्रको जग्गा मास्ने,

नास्ने तथा क्षेत्रफल खुम्च्याउने र स्वरूप परिवर्तन गर्न तथा सार्वजनिक सम्पत्तिलाई क्षति पु¥याउन नपाइने व्यवस्था गरेको छ । तर, श्रेष्ठले आफै विद्यालय व्यवस्थापन समितिको सदस्य भएको बेलामा राजनीतिक पहुँचका आधारमा गुठीको जग्गाको स्वरूप बिगार्ने र पर्खाल भत्काएर हडपेको स्थानीय बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.