भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

कोभिड भन्दा खतरनाक भाइरस फैलन सक्ने दाबी

कोभिड भन्दा खतरनाक भाइरस फैलन सक्ने दाबी

न्युयोर्क । अब अमेरिकाको मासु बजारबाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरा रहेको वैज्ञानिकहरूले दाबी गरेका छन् । हार्बर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका हुन् ।

पशु आयात र निर्यातमा सजिलो कानुनका कारण अमेरिकामा कोभिड भन्दा खतरनाक भाइरस उत्पन्न हुने र त्यो तिव्रताका साथ फैलने ती वैज्ञानिकहरूको दाबी छ । प्रतिवेदन अनुसार मानव, जनावर र जङ्गली जनावरको आपसी सम्पर्कका कारण यसको जोखिम बढ्ने उल्लेख गरिएको छ ।

यो प्रतिवेदन हार्बर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयले सार्वजनिक गरेको हो । हार्बर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयको एक रिपोर्टमा भनिएको छ– ‘धेरै अमेरिकीहरू प्रायः सोच्छन् कि उनीहरूको देशमा यो हुन सक्दैन तर यस देशका नियमहरू यति कमजोर छन् कि एक भाइरस वा अर्को सङ्क्रामक रोग अमेरिकामा जनावरहरूबाट मानिसमा सजिलै सर्न सक्छ।’

हार्बर्ड ल स्कूल र न्यूयोर्क विश्वविद्यालयका रिपोर्टहरूले पनि जोखिमका धेरै बिन्दुहरूको बारेमा औँल्याएका छन् । पशुको आयात निर्यातको क्रमसँगै यस अवधिमा लाखौं जनावरहरू एकअर्का र तिनीहरूका ह्यान्डलरहरूको सम्पर्कमा आउँछन् ।

यस कारण जंगली जनावरबाट कुनै पनि संक्रमण सजिलै मानिसमा प्रवेश गर्न सक्छ ।प्रत्येक वर्ष लगभग २२ करोड जीवित जंगली तथा घरपालुवा जनावर र अन्य उद्देश्यका लागि अमेरिकामा आयात गरिन्छ ।

 


Thali Mobile Pvt.Ltd.