भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति १ करोड ५२ लाख बैंक ब्यालेन्स

शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति १ करोड ५२ लाख बैंक ब्यालेन्स

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनको नाममा कुनै घर नभए पनि काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा खरिद गरेको उल्लेख गरेकी छन् । परिश्रमिकबाट हरिएको उक्त जग्गाको स्वामित्व संयुक्त नाममा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख गरेकी हुन् ।

आफ्नो नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जनाएकी छन् । दुवै स्रोत उनले पारिश्रमिक रहेको जिकिर गरेकी छन् । उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप रहेको उल्लेख गरेकी छन् ।

सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको उनले विवरणमा उल्लेख गरेकी छन् ।

 

 


Thali Mobile Pvt.Ltd.