भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शिवपुरीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

शिवपुरीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

नुवाकोट । मनमोहन कार्डियोथोरासिस भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टर महारागञ्ज काठमाडौँको सहयोग र शिवपुरी गाउँपालिकाको समन्वयमा शुक्रवार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । रियोम्याटिक हार्ड डिजिज सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको शिवपुरी गाउँपालिकाले जनाएको छ ।

उक्त तालिममा प्रशिक्षकको रुपमा प्रोफेसर डक्टर भगवान कोइराला, डा. सन्दिप थापा, डा.इस्म्रिीति शाक्य, डा. राजाराम खनाल, डा. रत्नमणि गजुरलेको उपस्थिति रहेको शिवपुरी गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले डा. भगवान कोइराला लगायतका डक्टर सहितको टीमलाई गाउँपालिकाको समुदाय स्तरमा जनचेतना प्रदान गर्नुभएकोमा सबै डक्टरको टीमलाई धन्ववाद प्रदान गरे ।

आगामी दिनमा पनि यस्तै प्रकृतिको कामको अपेक्षा व्यक्त गर्दै अध्यक्ष थापाले यस्तो पवित्र कार्यका लागि गाउँपालिकाले आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको स्पष्ट पारे । प्रशिक्षण कार्यक्रममा दशवटा स्वास्थ्य चौकीका इन्चार्ज, महिला स्वास्थ्य स्वयम् सेविका गाउँपालिकाका कर्मचारी गरी ४५ जनाको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.