जोर्नीको दुखाइले सास्ती दिएको छ ? यसरी बच्ने

जोर्नीको दुखाइले सास्ती दिएको छ ? यसरी बच्ने

काठमाडौं । चिसो मौसममा अनेक किसिमका स्वास्थ्य समस्या देखिने गर्छन् । सबैभन्दा बढी जोर्नीमा हुने दुखाइको समस्या बढी हुने गर्छ । अर्थात आर्थराइटिस हो । यो रोगको समस्या भएकाहरूलाई जाडोमा अधिक समस्या हुने गर्छ । किनकी चिसोमा जोर्नीको टिस्युहरू फुल्छन्, जसले स्नायुमा दुखाइ कम गर्ने नसामा दबाब सिर्जना हुने र दुखाइको महसुस हुने हुन्छ ।

आर्थराइटिस पीडितहरूले जोर्नी र हड्डी दुखाइको समस्याबाट बच्ने उपाय 

१. चिसोमा धेरै नहिँड्नु र न्यानोमा रहनुस् । चिसोका कारण मानव शरीरका हड्डीहरुमा सामान्यतया नोक्सानी भइरहन्छ । त्यसैले दुखाइबाट बच्नको लागि न्यानो कपडा लगाएर बस्नु नै सबैभन्दा सजिलो उपाय हो ।

२. जोर्नीमा हुने दुखाइबाट छुटकारा पाउन भिटामिन डी अत्यावश्यक तत्व हुन्छ । अधिकतम बिहानको घाममा बस्नु उपयुक्त हुन्छ । घाममा रहँदा शरीरलाई न्यानो मात्र हुँदैन, शरीरलाई चाहिने भिटामिन डी पनि यसबाट पाउन सकिन्छ ।

३. शरीरमा पानीको कम तहको कारणले धेरै स्वास्थ्य समस्या सिर्जना हुन्छ । विशेषगरी शरीरमा दुखाइ आउने जस्ता समस्या देखिन्छ । धेरै पानी पिउँदा शरीर सक्रिय हुन्छ र पीडा कम हुन्छ ।

४. जाडोमा घरमै बसिरहनाले मोटोपना बढ्ने सम्भावना पनि हुन्छ । घरमै बस्दा धेरैजसो स्वादिस्ट खाना खाने गरिन्छ । यसले मोटोपना बढाउँछ । अत्यधिक तौलका कारण पनि घुँडा र खुट्टामा अनेक किसिमको समस्या देखिन्छ ।

५. चिसो मौसममा बिहान व्यायाम गर्नु फाइदाजनक हुँदैन । तर यसको अर्थ सक्रिय नै नहुने भन्ने भने होइन । यो समयमा सामान्य किसिमको व्यायाम आवश्यक हुन्छ ।

६. आर्थराइटिसका पीडितलाई तातो पानीले नुहाउनु धेरै उपयोगी हुन्छ ।

७. माछाको तेलमा ओमेगा ३ फ्याट्टी एसिडहरू आवश्यक हुन्छ । यो हड्डीसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि धेरै उपयोगी कुरा हो । यसले सूजनको स्तर कम गर्छ । शरीरको मालिश गर्दा संयुक्त र मांसपेशी दुखाइ कम गर्न मद्दत गर्छ । यी उपाय अपनाएमा चिसोमा हुने दुखाईबाट बच्न सकिन्छ ।

 


Thali Mobile Pvt.Ltd.