भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न

शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न

शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न  भएको छ । साधारण सभा जुम अनलाइन प्रविधि मार्फत सम्पन्न हो ।

कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एव संघीय प्रतिनिधि सभासद् प्रेम सुवालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  प्रमुख अतिथि सुवालले सहकारी संस्थाहरुले सदस्यहरुको आर्थिक समानतका लागि उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुको साथै सीपमूलक तालिमहरु प्रदान गनुपर्ने आवश्यकता औल्याए । युवा वर्गलाई स्वदेशमै कल कारखानाहरु सञ्चालन गरी रोजगार प्रदान गर्न सकेमात्रै देशको आर्थिक उन्नति र प्रगति सम्भव भएको बताए ।

किसानहरुलाई सरकारले समयमै मल आयात गरी मल वितरण गर्न असफल भएको, ठेक्कापाट्टा र कमिशनको खेलमा अल्झिएर अन्न उत्पादनमा ह्रास आउनुमा सरकार दोषी रहेको बताए । यसरी देशले खरबौको घाटा ब्यहोरेको र देशका शासक दलहरु भु–माफियाहरुको चंगुलमा फसेकाले सधै नेपाली जनताहरुले दुःख पाएको बताए ।

सहकारीको साधारण सभामा सञ्चालन समितिको तर्फबाट प्रस्तुत प्रतिवदेन अनुसार कूल वासलात ७ करोड ४२ लाख ५२ हजार १ सय ३ रुपैया रहेकोमा जसमध्ये शेयर पूँजी ८४ लाख ७० हजार ४ सय रुपैया र जगेडा कोष ८१ लाख २२ हजार ४ सय ८४ रुपैया रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सो सभामा संस्थाको भावी नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.