भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

ट्रम्पले हालेको मुद्धा सर्वोच्चद्धारा खारेज

ट्रम्पले हालेको मुद्धा सर्वोच्चद्धारा खारेज

एपी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा अदालतले खारेज गरिदिएको छ । अमेरिकाको सर्वोच्च अदालतले पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै ती मुद्धाहरु खारेज गरिदिएको हो ।

प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न उनले गरेको मागलाई अदालतले अस्विकार गरिदिएको हो । जर्जिया, मिशिगन, पेन्सिल्भानिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो ।

अदालतको यो आदेशले राष्ट्रपति ट्रम्पलाई फेरी अर्को धक्का दिएको छ । उनले गत नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका थिए ।

 


Thali Mobile Pvt.Ltd.