देशको अर्थ राजनीतिबारे जानकार एक व्यक्तित्व देवीप्रसाद ढकाल अर्थात डिपी ढकाल । राजनैतिक दवुमा उललाई डिपी ढकाल भनेर चिन्ने गर्दछन् । अहिले बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरिरहनु भएकाे छ । युवा राजनीतिलाई अगाडि बढाउने क्रममा उनले विभिन्न पुस्तकसमेत सार्वजनिक गरिसकेका छन् ।
भक्तपुरको विकाश र राजनीतिमा नजिकबाट चाँसो राख्ने ढकाल सत्यको पक्षमा निडर भएर लड्ने व्यक्ति हुन । एक राजनैतिक पार्टीको नेता अर्को राजनैतिक पार्टीकाे नेताले गरेको विकास प्रति प्राय कटाक्ष गर्ने परिपाटीकाे विकास नेपालमा छ । तर डिपी ढकालसंग त्यस्तो बैमनस्यताले कहिल्यै छोएकाे देखिदैन । अरुले गरेको विकास मैले गरेको हुँ भने होटबाजी चलिरहेका बेला डिपी आफैले गरेको विकासलाई पनि मैले गरेको हुँ भनेर भन्न चाहँदैनन् ।
उनी समग्र विकासमा सबै नेतृत्वले ध्यान दिनुपर्छ, अरुको राम्रो कामको प्रशंसा र नराम्रो कामको डटेर विरोध गर्नु पर्छ भन्ने मान्यता राख्छन् । हालै सम्पन्न प्रदेश सभाबाट विनियोजन गरिएको बजेट र विकासका विषयमा केन्द्रीत रहेर उनै डिपी ढकालसंग कैलाश खबरकर्मी रक्तिम दैलेखीले गर्नुभएकाे कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत छः सम्पादक
कैलाश खबरमा यहाँलाई स्वागत छ ।
हजुर धन्यवाद !
आजभोलि दिन कसरी बितिरहेका छन् ?
हामीे नीति तथा कार्यक्रम र बजेटको काम व्यस्त थियौं । त्यो सम्पन्न ग¥र्यौं । बजेट पारीत भईसक्यो । त्यसैले अलि कामको बढि प्रेसर छ । पहिलेको भन्दा केहि कम भएको चरण छ ।
पहिले अर्थमन्त्रीको प्रमुख सल्लाहकार भएर पनि काम गरिसकेको अहिले मुख्य मन्त्रीको राजनितिक सल्लाहकार यो भूमिकामा आउँदा बागमती प्रदेशका १३ जिल्लाको समस्याहरु के के पाउँनुु भयो ?
२०६७÷०६८ सालतीर सिंहदरवार भित्र अर्थमन्त्रीको स्वकीय सचिव भएर काम गर्ने अवसर मिल्यो । त्यो बेला पनि देशको अवस्था र जनताको अवस्था कस्तो छ भन्ने कुरा सिक्न पाइयो । हाम्रो बागमती प्रदेशको सन्दर्भमा भन्नुपर्दा मैले पहिला नै १३ जिल्ला घुमिसकेकोले यस विषयमा जानकार छु ।
यसपाली बागमती प्रदेशका मुख्यमन्त्रीको सल्लाहकार भएको नाताले विशेष जिम्मेवारी प्राप्त भयो । यहाँको भाषिक, सांस्कृतिक, आर्थिक अवस्थासंग झन नजिकबाट बुझ्ने र अवलोकन गरेर सिक्ने अवसर मिलेको छ । जनसंख्याको हिसाबले तामाङ, नेवार जस्ता महत्वपूर्ण आदिवासी जनजातीहरुको आदिम भुमि पनि यो प्रदेश हो । यो प्रदेशमा लोपउन्मुख जातीहरु चेपाङ, हायु, दनुवार, बनकरिया जस्ता अति सिमान्तकृत जातीहरुको पनि बसोबास रहेको छ ।
केन्द्रीय राजधानीसंग जोडीएको प्रदेश भएको हुनाले केही अवसर र केही चुनौतीहरुपनि छन् । काठमाडौं, भक्तपुर र ललितपुरका शहरहरुको व्यवस्थापन र बढ्दो शहरिकरणलाई व्यवस्थापनको कुरा, विभिन्न जिल्लाका सदरमुकामहरु रहेका शहरहरुको व्यवस्थापनको पाटोबाट चुनौती पनि रहेका छन् । दुर दराजमा भएका मानव विकासको सुचांकमा पछि परेका पालिकाहरु पनि छन् । जसलाई विकासको मुल प्रवाहमा ल्याउनुपर्ने चुनौती हामीसंग छ ।
सरदर बागमती प्रदेशको विकास अरु प्रदेशको तथ्याङ्कमा सबैभन्दा अगाडी रहेको छ । नेपालको प्रतिव्यक्ति आम्दानी करिव १४०० डलर भएको बेला बागमती प्रदेशको प्रतिव्यक्ति आय २४-५५ डलर रहेको छ । अर्को कुरा बागमती प्रदेशको उत्पादन क्षेत्रलाई हेर्दा मान्छेहरु विस्तारै कृषिलाई छोड्दै गएको, सेवा क्षेत्रतिर र व्यवसाय तीर बढि आकर्षित भएको देखिन्छ ।
जी.डी.पी. मा योगदान हेर्ने हो भने खुद्रा व्यापार र मोटरसाइकल पार्टस्हरुको हिस्सा २५-२५ प्रतिशत भन्दा बढि रहेको छ । कुनै अन्तराष्ट्रिय आर्थिक संकट र अन्तराष्ट्रिय दबाबहरु आयो भने सबभन्दा पहिले अरु प्रदेशलाई त्यति असर पर्दैन, बागमती प्रदेशलाई नै असर पर्छ । हामीकहाँ उद्योग क्षेत्रमा र सेवा क्षेत्रमा काम गर्नेहरुको तुलना गर्ने हो भने, सेवा क्षेत्रमा ठुलो संख्या छ ।
कृर्षि क्षेत्रमा र उद्योगमा झण्डै ११-११ प्रतिशत जनसक्ति रहेको देखिन्छ । त्यसो भएको हुनाले यो प्रदेशलाई हामीले औद्योगिक र व्यवसायीक रुपबाट लान सकिने सम्भावना उत्तीकै छ । वैदेशिक रोजगारीका लागि युरोप, अमेरिका जानेहरुको संख्या धेरै छ । त्यो जनसंख्यालाई कसरी देशभित्रै भविश्य देखाउने ? यो चुनौती छ । किनभने हाम्रो प्रतिव्यक्ति आम्दानी २४-२५ सय डलर मात्रै छ ।
विकसित देशहरुको १२ हजार वार्षिक प्रतिव्यक्ति आम्दानी रहेको छ । त्यो १२ हजार एभरेज कमाई भएको देशमा जान लालाइत छ हाम्रो युवा जनशक्ति । हामीकहाँ शहरी जनसंख्या ६६ प्रतिशत भन्दा माथि छ । ग्रामीण क्षेत्रको जनसंख्या र पुर्वाधारलाई कसरी व्यवस्थित गर्ने ? भन्ने चुनौती पनि छन् ।
यो हिसाबले हेर्दा समग्रमा बागमती प्रदेश राम्रो सम्भावना भएको प्रदेश हो । यसलाई हामीले विकासको बागमती मोडेलको रुपमा स्थापीत गर्ने कोसिस गरिरहेका छौं । यो नीति तथा कार्यक्रमकै बजेट मार्फत विकासको बागमती मोडेल स्थापना गर्न सक्छौं ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…
शिक्षा क्षेत्रमा भक्तपुरले देशकै प्रतितिधित्व गर्छ । अझ स्थानीय सरकारका आफ्नौ स्कुलहरु, कलेजहरु, स्वास्थ्य संस्थाहरु प्रयाप्त छन्, अझ भक्तपुर नगर क्षेत्र भित्र बसोबास गर्ने नरबासीका छोराछोरीले एम.ए.सम्म अनिवार्य पढ्नुपर्ने त्यसका लागि नगरपालिकाले नै सहयोग पनि गर्दै आएको छ । बागमती प्रदेशमा शिक्षाको अवस्था कस्तो छ ?
अन्य प्रदेशको तुलनामा बागमती प्रदेश शिक्षा क्षेत्रमा अगाडि छ । तर पनि हामी सन्तुष्ट भने छैनौं । मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले विकासको बागमती मोडेल स्थापनामा जोड दिएको छ ।
हामीले पहिलो उत्पादन त्यसपछि शिक्षालाई जोड दिएका छौं । तेस्रोमा स्वास्थ्य र चौथोमा भौतिक पुर्वाधारलाई जोड दिएर चारवटै क्षेत्रलाई संगसंगै लिइरहेका छौं । संविधान अनुसार विद्यालय तहको शिक्षाको जिम्मा हाम्रो होइन । विद्यालय तह सम्मको शिक्षा स्थानीय सरकारको र उच्च शिक्षा संघीय सरकारको जिम्मा छ ।
हाम्रो जिम्मेवारी प्रविधिक शिक्षा र व्यवसायीक तालिम परिषदको जिम्मेवारी हो । त्यसैले हामीले अहिले यो बजेटमा बागमती प्रदेशको विश्व विद्यालय खोल्ने भनेका छाैं । यो आर्थिक वर्षमा खोल्ने तयारीमा हामी लागेका छौं ।
कहाँ बन्दै छ यो विश्व विद्यालय ?
हाम्रो प्रदेश राजधानी हेटौडा भएकाले यसको केन्द्र हेटौडामै रहन्छ । यसले बागमती प्रदेशका १३ वटै जिल्लाहरुलाई समेट्छ । त्यसैले बागमती प्रदेशमा हामी आफ्नै विश्व विद्यालय गठन गर्दैछौं । संविधानतः ऋत्भ्ख्त् हामीले पाउनुपर्ने हो ।
तर हामीलाई यसको जिम्मेवारी नभएको हुनाले हामी संघीय सरकारको बाटो कुर्दैनौ । हामी आफ्नै ऋत्भ्ख्त् खोल्छौं भनेर बजेट छुट्याएका छौं । त्यसैले बागमती प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा सरकार बनिसकेपछि शिक्षाको सुधार गर्न लागिपरेका छौं । त्यसका निम्ती आयोग बनाएर काम अघि बढिरहेको छ । सार्वजनिक विद्यालयको शिक्षा सुधारमा काम भइरहेको छ ।
अर्को विद्यालय नर्स भन्ने कार्यक्रम प्रदेशको एकदम लोकप्रिय कार्यक्रम छ । यो वर्ष कक्षा १२ सम्म पढाउने सबै सामुदायिक विद्यालयमा यो कार्यक्रम पुग्छ । यो आर्थिक वर्षको अन्त्यसम्म झण्डै ६-७ सय विद्यालयमा विद्यालय नर्स कार्यक्रम पुग्नेछ । विद्यार्थीहरुको स्वास्थ्य र पठनपाठनलाई व्यवस्थित बनाएर हामी जान्छौं ।
विद्यार्थीले खेल्ने चौरदेखि घेरावार सम्मका काममा पनि प्रदेश सरकारले सहयोग गर्दैछ । दुई कोठे, चार कोठे भवनहरुमा पनि प्रदेश सरकारले लगानी गरिरहेको छ । अर्को महत्वपूर्ण कुरा विद्यालय दिने तर दरबन्दी नदिने संघीय सरकारबाट माविको दरबन्दी शुन्य भएका विद्यालयमा प्रदेश सरकारले राहत शिक्षक दिदैछ ।
प्रदेशबाट तलब भत्ता एकमुष्ट रुपमा पालिकामा पठाएर योग्य शिक्षकलाई भर्ति गरेरै भएपनि राम्रोसंग पढाउने वातावरण बनाउन यो कार्यक्रम अघि बढाएका छौं । समग्रमा भन्ने हो भने यो बागमती प्रदेशको शिक्षा सुधारका निम्ति कोशेढुंगा हुने विश्वास लिएका छौं ।
तपाइँ बागमती प्रदेश मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भएर अनुभव गर्दा बजेट निर्माण प्रक्रियामा के पाउनुभयो ?
राजस्वको श्रोत बाडफाड र व्यवस्थापनका हिसावले संघभन्दा प्रदेशको बजेट सानो हुन्छ । संघ भन्दा प्रदेशको बजेट निर्माण प्रक्रिया सरल हुन्छ । तर, संघले अनुदान दिने क्षेत्रमा प्रदेशले राजश्व उठाउनुपर्ने भएकाले बजेट निर्माण चुनौतीपूर्ण भने पक्कै छ ।
कृषिमा संघले अनुदान दिन्छ, प्रदेशले भने राजस्व असुली गर्नुपर्ने विरोधाभाष कुरा देखिन्छ । प्रदेशको मूख्य आम्दानीको श्रोत यातायात र भूमी कर हो । सीमित आम्दानी समेटेर प्रदेशले बनाउने बजेटमा सीमितता रहनु स्वाभाविकै हुन्छ ।
तर संघीय बजेटमा करको दायरा फराकिलो हुने भएकाले यस्तो सीमितता हुँदैन । फरक यही छ । त्यसैले हामीले बजेट मार्फत संघीय सरकारलाई नै विकासको बागमती मोडेल दिने भनेका छौं ।
प्रदेश सरकारले जनताको पक्षमा देखिने गरी बजेटमा समेटिएका प्रमुख कामहरु के छन् ?
हामीले यो वर्ष ५६ प्रतिसत बजेट बिकाश निर्माणमा लगाएका छौं । अति बिपन्न परिवारको खरको छानो मुक्त घर बनाउने कार्यक्रम समेटेका छौं । शहरहरुलाई व्यवस्थित शहरीकरण र सौन्दर्यकरण गर्न प्रदेश लागिपरेको छ ।
प्रदेशमा अर्गानिक खेतीका लागि आवश्यक प्राङ्गारिक मल उत्पादन गर्न आवश्यक बजेट व्यवस्था गरेका छौं । बागमतीमा यो वर्ष २० अर्वको बाटो बन्दैछ । काकाकुल बनेका जनतालाई पानी खुवाउन सरकारले पाँच अर्व बजेट बिनियोजन गरेको छ ।
स्वास्थ्यको क्षेत्रमा प्रदेश अस्पातालको स्तरउन्नती र सेवा बिस्तारमा जोड दिएका छौं । कृषीलाई मुख्य प्राथमिकतामा राखी किसान केन्द्रित बजेट बनाइएको छ । शिक्षामा ब्यापक सुधारको नीति लिइएको छ ।
उद्योगको विविधिकरण गरिने र प्रदेशभित्र उद्योग खोल्न चाहने उद्योगीलाई खानेपानी, ढल, बाटो र बिजुली उपलब्धताका लागि सहजीकरण गर्ने गरी बजेट बिनियोजन गरिएको छ ।
तपाईंले यसो भनिरहदा प्रदेश सरकार चाहिदैन, खारेज गर्नुपर्छ भन्ने माग पनि उठ्न थालेको छ नि ?
यो त बुझ्न नचाहनेहरुले गरेको भ्रमको खेती मात्र हो । आफ्नो बजेटको सबैभन्दा बढी बिकास निर्माणमा खर्च गर्ने भनेको प्रदेश सरकार मात्र हो । तथ्यांक हेर्नुस्, बजेटको ५६ प्रतिसत बजेट प्रदेशले बिकासमा लगाएको छ ।
बागमतीको मात्र होइन, सातै प्रदेशको चालु खर्च भन्दा पूजीगत खर्च बढी हुनेगरेको छ । बिकास खर्च बढी गर्ने सरकार खारेजीको माग गर्ने मानिस को हुन र ति कस्ता छन् हामी सहजै भन्न सक्छौं । उनीहरु बिकास र व्यवस्था बिरोधी तत्व हुन् ।
भक्तपुरको स्थानीय भएको हिसाबले जिल्लाको विकासमा कस्तो पहल गर्नु भयो ?
भक्तपुर अस्पतालमा सिटी स्क्यान मेसिन खरिद र संचालनका लागि प्रदेश सरकारको बजेटमै ८ करोड बिनियोजन गराउनु प्रमुख सफलताको रुपमा मैले लिएको छु । त्यस्तै मध्यपुर थिमी नगर अस्पताल नेपाल कोरिया मैत्री नगर अस्पतालमा योजना आयोगबाट १ करोड २० लाख ३ वर्ष सम्म निरन्तर आउने व्यवस्था गर्न सफल भएका छौं ।
भक्तपुर नगरमा रहेको ख्वपः अस्पताललाई साढे २ करोड प्रदेश सरकारको मन्त्रीपरिषदबाट निर्णय गरी व्यवस्था गरेका छौं । नगरकोटको दीर्घकालीन बिकाशमा टेवा पुग्ने गरी स्थानीय र व्यवसायीको माग बमोजिम नगरकोटलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न पर्यटन बिकासमा जोड दिईएका छौं ।
काठमाडौं, काभ्रे र सिन्धुपाल्चोक जोड्ने मुख्य बाटो स्तरउन्नती गर्न ४ करोड बजेट व्यवस्था गरिएको छ । यस्ता त थुप्रै काममा पहल भएको छ । भक्तपुरको परम्परागत शीप संरक्षण गर्न सास्कृतिक औद्योगिक ग्राम निर्माणका लागि डीपीआरको लागि बजेट बिनियोजन गरिएको छ ।
लायकु दरवार संरक्षणका लागि १ करोड बजेट बिनियोजन गरिएको छ । अरनिको सभा भवन बनाउन प्रदेश सरकारले ३ करोड ३० लाख रुपयाँ छुट्याइएको छ । देकोचा साँखु सडकलाई ३९ करोड श्रोत सुनिश्चित गरिएको छ ।
सिरुटार सडकलाई पन्ध्र करोड, नदी अतिक्रमण नियन्त्रण गर्न नदीमा करिडोर निर्माणका लागि बजेट बिनियोजन भएको छ । प्रदेश सरकारले ४ करिडोर मध्ये ३ वटा करिडोर भक्तपुरकै पर्नु हाम्रा लागि सुखद पक्ष मान्नुपर्छ ।
समय र विचारका लागि कैलाश खबरका तर्फबाट यहाँलाई धन्यवाद ।
मेरो विचार र प्रदेश सरकारले गरेका योजना, बजेट निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत धेरै विषयमा प्रकाश पार्ने अवसर दिनुभएकोमा तपाई र कैलाश खबर टिमलाई विशेष धन्यवाद ।
