भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

संसदीय अंकगणित मिलाएर समाजवाद आउँदैन, यो मोर्चा बार्गेन गर्ने मोर्चामात्र होः बाबुराम

संसदीय अंकगणित मिलाएर समाजवाद आउँदैन, यो मोर्चा बार्गेन गर्ने मोर्चामात्र होः बाबुराम

काठमाडौं । चार दलसम्मिलित नवघोषित समाजवादी मोर्चालाई नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बार्गेन गर्ने मोर्चामात्र भएको बताएका छन् ।

समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको टिप्पणी गर्दै भनेका छन्, ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन ।

यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो। कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्, केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’

हिजोमात्र नेकपा माओवादी, नेकपा एस, जसपा र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा घोषणा गरेका थिए। अन्तिम समयमा आफूलाई बाहिरै पारिएपछि बाबुरामको कडा प्रतिक्रिया दिएका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा पार्टीबाट बहिर्गमनमा परेपछि प्रगतिशील र वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याएर समाजवादी मोर्चा बनाउनुपर्ने पक्षमा उनी लागेका थिए । मोर्चाको अवधारणाबारे माओवादी अध्यक्ष प्रचण्ड, नेकपा महासचिव विप्लवसहितका नेताहरुलाई कन्भिन्स गराएका थिए ।

त्यसपछि भट्टराईले कम्युनिष्ट विचार र सिद्धान्त मान्ने दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पनि मोर्चा निर्माणको रणनीतिबारे प्रष्ट पारे । भट्टराई, नेपाल र प्रचण्डबीच कैयौं पटक यसै विषयमा छलफल भएको थियो ।

माओवादी पूर्वघटकबीच एकता नै गर्ने रणनीति थियो बाबुरामको । निरन्तर छलफलपछि असारभित्रै समाजवादी मोर्चा बनाउने विषयमा समझदारीसमेत जुटेको थियो । तर, हिजो सार्वजनिक भएको समाजवादी मोर्चा घोषणामा भने बाबुराम अटाउन सकेनन्।

 


Thali Mobile Pvt.Ltd.