भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।

आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षकमा छलफल हुने कार्यसूची छ ।

बैठकमा सांसद गोकुल प्रसाद बाँस्कोटा र प्रेम सुवालले सहरी विकास मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, सांसद सूर्यबहादुर थापा, स्वर्णिम वाग्ले, प्रभु शाहले अर्थ मन्त्रालय शीर्षकको खर्च रकम घटाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.