भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सङ्खुवासभामा बाढीको कहर, १६ जना हाइड्रोपावरमा काम गर्ने मजदुर बेपत्ता

सङ्खुवासभामा बाढीको कहर, १६ जना हाइड्रोपावरमा काम गर्ने मजदुर बेपत्ता

काठमाण्डौ । सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ जना मजदुर बेपत्ता भएका छन् । गएराति आएको बाढीमा परेर सङ्खुवासभाको हेवाखेलामा आएको बाढीका कारण हाइड्रोपावरमा काम गर्ने १६ जना बेपत्ता भएका हुन । हेवा खोलामा बाढी आइरहेको र पानी समेत परिरहेकाले बेपत्ता भएकाहरुको खोजीमा कठिनाइ भइरहेको जनाएको छ ।

बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा पूर्णरूपमा क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ । बाढीले हाइड्रोपावरको चार पाँच वटा घर बगाएको छ । त्यही घरमा सुतिरहेका मजदुरहरु बाढीमा परेको उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.