भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सतर्कता अपनाउन आग्रह, कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

सतर्कता अपनाउन आग्रह, कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ । शनिबार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका ठूलो वर्षा भयो । भने आइतबार पनि एक र दुई ठाउँमा पानी परिरहेको छ । कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आइतबार पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुन भित्रिएपछि गएको ३१ गतेदेखि गण्डकी र कोशीका पहाडी क्षेत्रमा लगातारजसो पानी परिरहेको र यसले गर्दा पूर्वी पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने मौसमविद्रोले बताएका छन् ।

तराईका एक र दुई ठाउँमा समेत पानी पर्ने अनुमान गरिएको छ । पाँचथर र ताप्लेजुङमा गएरातिको पहिरोमा परेर १० जना बेपत्ता भएका छन् । पानी परिरहेको क्षेत्रमा अझै पनि पहिरोको जोखिम रहेकाले त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.