भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सत्ताइस वर्षपछि पक्राउ

सत्ताइस वर्षपछि पक्राउ

कञ्चनपुर । डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र रु ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । नेपाल भारत सीमा क्षेत्रमा भारतीयको सहयोग लिई विसं २०३२ देखि सुनारले विभिन्न डकैतीका घटनामा संलग्न रहँदै आएका थिए । प्रहरी नायब उपरीक्षक थापाका अनुसार सुनार विसं २०४४, विसं २०४८ र विसं २०५० का डकैतीका बारदातमा संलग्न रहेका थिए । सुनार डकैतीको कार्यमा संलग्न नाइकेका रुपमा रहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.