भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विश्वकर्मा जनसेवा श्री (पञ्चम श्रेणी) बाट विभूषित

उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विश्वकर्मा जनसेवा श्री (पञ्चम श्रेणी) बाट विभूषित

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विश्वकर्मा जनसेवा श्री पञ्चम श्रेणी पदकबाट विभूषित हुनुभएको छ । शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष विश्वकर्मालाई उक्त पदकबाट विभूषित गर्नुभएको हो । नेपाल सरकार गृह मन्त्रालयले गत वर्षको असोज ३ गते संविधान दिवस )राष्ट्रिय दिवस) का अवसरमा विश्वकर्मालाई उक्त विभूषणबाट सम्मानित गर्ने घोषणा गरेको थियो ।

उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष ,मनकारी , कर्तव्य निष्ठावान  र  परोपकारी विकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानीत हुन पाउँदा आफुले गरेको समाजसेवाले न्याय पाएको बताउनुभयो । उहाले कोभिड १९ को समयमा दैलेख जिल्लामा स्वास्थ्य सामग्रीहरु व्यक्तिगत रुपमै पनि ८ लाख मूल्य भन्दा बढिको वितरण गरेको स्मरण गर्नुभयो । विकले यो सम्मानले आफुलाई सेवानै धर्म हो भन्ने कुरालाई बुझाउदै अझै दरिलो भएर समाज सेवामा निरन्तर लाग्ने प्रेरणा जागेको प्रतिक्रिया दिनुभयो ।kulbhadur bk

 


Thali Mobile Pvt.Ltd.