भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सम्झौता अनुसार काम नभएपछि रुखकटानको काम बन्द

सम्झौता अनुसार काम नभएपछि रुखकटानको काम बन्द

गाईघाट । नेपाल नागरिक उड्डयन प्राधिकरणले सहमति अनुसार काम नगरेको कारण देखाउदै वन तथा भू–संरक्षण विभागले रुख काट्ने काम रोकिदिएको छ । उदयपुरको त्रियुगा नगरपालिका १ र २ जोगीदहस्थित सगरमाथा आन्तरिक विमानस्थल निर्माण क्षेत्रमा रुख कटानको काम सहमति अनुसार काम नगरेको भन्दै विभागले रोकिदिएको हो ।

रुख कटान गत असोजबाट सामुदायिक वन क्षेत्रका रुख कटान गर्न थालेको थियो । रुख काट्ने अनुमति पाएको रुण माँ दुर्गा शक्ति जेभी विराटनगर मोरङले छ महिनाको अवधिमा मोतियाही सामुदायिक वन उपभोक्ता समूहको ६२.३० हेक्टरको चार हजार ३ सय ५७ रुख मात्र कटान गरेको छ ।

पूर्वसहमतिअनुरूप प्राधिकरण र विभागबीच विमानस्थलले प्रयोग गरे जति जग्गा अन्यत्र उपलब्ध गराउनुपर्ने र त्यहाँ हरियाली बनाउन ४० हजार ९२५ वटा बिरुवा रोप्ने पैसा वन विभागलाई उपलब्ध गराउनुपर्नेमा प्राधिकरणले उपलब्ध नगराएपछि रुख काट्न रोकिएको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ ।

यस क्षेत्रमा एक हजार ७५० मिटर लामो र ३० मिटर चौडाइ भएको धावन मार्ग, दुई सय मिटर लामो र ६० मिटर चौडाइको एप्रोनसहितको टर्मिनल भवन, कर्मचारी भवन र ट्याक्सी वे दुईवटा समेतका लागि १५६.११ हेक्टर वन क्षेत्रको जग्गा अधिकरण गरी सकिएको छ । कङ्ग सामुदायिक वन उपभोक्ता समूहका ४२.८० हेक्टर क्षेत्रमा रहेको विभिन्न जातको नौ हजार २८० वटा रुख कटान गर्न बाँकी रहे पनि वन विभागले कटानको काम रोकेको छ ।

राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक विमानस्थललाई राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा समावेश गरी काम बढाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा विमानस्थल राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको सूचीमा राखेर काम अघि बढाएको आयोजना हो ।

विभाग र प्राधिकरणबीच २०७८ माघ २४ गते भएको सम्झौताबमोजिम रुख छपानको काम सकेर कटान थालिएको थियो । सम्झौतामा विमानस्थल निर्माणका लागि १५६.११ हेक्टर क्षेत्रफलमध्ये १०५.१० हेक्टरमा रहेको रुख मात्र काटिने र बाँकी रहेको ५०.४१ हेक्टरमा हरियाली कायम गर्ने उल्लेख गरिएको छ । जसमा १३ हजार ६३७ वटा रुख काटिनेछ ।

 


Thali Mobile Pvt.Ltd.