भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

सरकारले अघि सारेको समृद्धिको साँचो कर्णालीसंग छ : मन्त्री भण्डारी

सरकारले अघि सारेको समृद्धिको साँचो कर्णालीसंग छ : मन्त्री भण्डारी

काठमाडाैं । कर्णालीको समृद्धि भएपछि मात्र सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को परिभाषा साकार हुने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताएका छन् ।

गृहसचिवको नेतृत्वमा समायोजन समितिको बैठक बस्न काठमाडौं आएका मन्त्री भण्डारीले कर्णालीलाई आर्थिक, राजनैतिक र सामाजिक सबै दृष्टिकोणबाट समृद्ध बनाउनु पर्ने बताए ।

कोरोना भाइरसले संसारभर महामरीको रुप लिएका बेला सबै सचेत रहन आग्रह गर्दै उनले भाइरसको संक्रमण रोक्न कर्णाली प्रदेश बेलैमा सचेत रहेको दावी गरे । मन्त्री भण्डारीले आवश्यक तयारी, अस्पतालमा अलग्गै बेड र क्वारेन्टाइन निर्माण गर्ने कार्य भैसकेको र थप तयारीमा प्रदेश सरकार लागिपरेको जानकारी दिए ।

जनगुनासा बढिरहेको, ती गुनासा समाधान गर्न सरकार पछि परेको छ नि ? भन्ने कैलाश खबरको प्रश्नको जवाफमा मन्त्री भण्डारीले जनगुनासा बढ्नुको मुख्य कारण कर्णालीमा कर्मचारी अभाव रहेको बताए । 

कर्मचारी कर्णालीमा जानै नमान्य, गएका पनि हाजिर लगाएर फर्किएको दुखद कथा सुनाउदै कर्मचारी अभावमा सोचेजति काम गर्न नसकिएको अनुभुति सुनाए । संघीय सरकारले गर्ने कर्मचारी खटन पटनका कारण कर्णालीले समस्या भोगिरहेको दावी गरे ।

पाहुना कर्मचारीबाट समृद्ध कर्णालीको यात्रा गन्तब्यमा पुर्याउन ढिलाइ हुने भन्दै कर्णालीको सपना पुरा गर्न कर्णालीवासी नै जुर्मुराउनु पर्ने बताए । उच्च पदस्थ कर्णालीका छोराछोरीलाई नै कर्णालीमा सेवारत बनाउन प्रदेश सरकार लागिपरेको बताए ।

कर्मचारी संयन्त्र सिस्टममा नभए सम्म जनताका काम ओझेलमा पर्ने भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले प्रदेशको आवश्यकतालाई सम्बोधन गर्नेगरी कर्मचारी संयन्त्र निर्माण गर्ने बाटो संघले खुला गरिदिनु पर्ने जिकिर गरे ।

समृद्ध कर्णाली सुखी कर्णालीवासी बनाउन प्रदेशको कर्मचारी संगठनात्मक संरचना र कार्यविधि (ओएनएम) तयार भैसकेको भन्दै मन्त्री भण्डारीले निजामती कर्मचारी जस्तै सुरक्षा बल पनि प्रदेश मातहतमा नहुदा शान्तिसुरक्षाकाे चिन्ता व्यक्त गरे ।

सिपाही बिनाको कमाण्डर जस्तो भन्न खोज्नु भएको हो ? भन्ने प्रश्नको जवाफमा त्यति सम्म भनिहाल्ने अवस्था नआएको भन्दै मन्त्री भण्डारीले प्रदेशको शान्ति सुरक्षा हेर्ने जिम्मेवारी आन्तरिक मामिला मन्त्रालयसंग भएको तर, दुई वर्षविति सक्दा पनि संघीय सरकारले बाटो नखोलिदिदा केहि जटिल्ता पैदा भएको बताए ।

दुई वर्ष बितिसक्यो कर्णाली सरकारले के–के काम गर्यो त भन्ने प्रश्नको जवाफमा मन्त्री भण्डारीले युगान्तकारी परिवर्तनको प्रतिफल गणतन्त्रात्मक नेपाल भएको बताए । समृद्ध कर्णाली प्रदेश, सुखारी कर्णालीवासीको संकल्प पुरा गर्ने यात्रामा नै लागेकाे बताए ।

सुर्खेत–हिल्सा फाष्ट ट्रयाक, सबै जिल्ला सदरमुकाम जोड्ने सडक निर्माण, मेगा प्रोजेक्टमा हाइड्रो, भेरी, बबई, कर्णाली र राप्ती नदीबाट समृद्धि खोज्दै विभिन्न मेगा प्रोजेक्टको डीपीआर तयारी गरिनु दुई वर्षको देन रहेको बताए ।

छोरा, छोरीको भेद रहेको कर्णालीका ग्रामिण परमपरालाई पछि पार्दै प्रदेशले सामाजिक कल्याणका कार्यक्रम अगाडि बढाएको बताए । छोरी बचत खाता, कर्मचारीका लागि दुर्घटना बिमा, पत्रकार बिमासंगै कर्णालीका जनताका वारे पनि प्रदेश सरकार लागिपरेको बताए ।

सुरुवाती चरणमा नै प्रदेश सरकारले पर्यटन वर्षको घोषणा गरेर पर्यटनलाई अगाडि बढाएको बताए । दुई वर्षको अवधिमा कानूनी आधार खडा गरेको, संरचना तयार गरेको, कल्याणकारी योजना तयार गर्ने काम सम्पन्न भएको मन्त्री भण्डारीले बताए ।

विकास कसैले दिने उपहार र बक्सिस नभएको कुरा जनतामा स्थापित गर्न खोजिरहेको भन्दै मन्त्री भण्डारीले कर्णाली समृद्धिका लागि जनता आफैं जुट्न जरुरी रहेको बताए ।

सरकार परिवर्तनको पक्षमा मन्त्रीहरु नै लागिपरेको समाचार सुनिन्छ नि ? भन्ने कैलाश खवरको प्रश्नको जवाफमा मन्त्री भण्डारीले अपेक्षा, अभिभारा र परिस्थितिबीचको तालमेल नभए जस्तो लागेको बताए । हल्ला जसले जे गरे पनि सरकार परिवर्तन नहुने बताए ।

प्रश्नले भने जस्तै दरार नभएको भन्दै मन्त्री भण्डारीले प्रदेश सरकारबाट जनताले धेरै अपेक्षा गरेको त्यहि अपेक्षामा सांसदहरुले अभिव्यक्ति दिएको बताए । दुई वर्षभित्रै जनताले सोचेजस्तो जादुमय परिवर्तन सम्भव नहुनु स्वभाविक भएको बताए ।

 


Thali Mobile Pvt.Ltd.