भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सर्वसाधारणका लागि निःशुल्क खानेपानीको सुविधा दिंदै सिद्धिगणेश

सर्वसाधारणका लागि निःशुल्क खानेपानीको सुविधा दिंदै सिद्धिगणेश

भक्तपुर । पानी जीवन हो । पानीविना मानिस वाँंच्नै सक्दैन । पानी मानिसका लागि चाहिरहने तरल खाद्य पदार्थ हो । यही कुरालाई मध्यनजर गरी भक्तपुरको चोर्चास्थित सिद्धिगणेश सहकारी संस्था लिमिटेडले सोमबार सर्वसाधारणका लागि निःशुल्क खानेपानीको सुविधा उपलव्ध गराएको छ ।

कार्यालय नजिकै स्टल राखेर निःशुल्क खानेपानीको सुविधा उपलव्ध गराएको हो । बाटोको छेउमा पानीको जारहरु, पानी खन्याउने भाँंडो, पानी खाने जगलगायतका सामान तथा स्वयमसेवक परिचालन गरी पानी खुवाउने बन्दोवस्त संस्थाले मिलाएको हो । विस्का जात्राको क्रममा सोमबार भक्तपुरमा ठूलो जात्रा हुन्छ । यसलाई स्थानीय भाषामा द्यो स्वगं वियगू  (देवतालाई सगुन चढाउने जात्रा) भनिन्छ ।

यो क्रममा दिनभर भक्तपुर नगरभरि मानिसको भीड नै लागेको हुन्छ । विहानदेखि रातिसम्म नगरभरि सवैतिर भीड लाखेको हुन्छ । यही भीडमा रहेकाहरुलाई पानीको तिर्खा लाग्ला र उनीहरु पानीको लागि छटपटिएला भनेर पानीको सुविधा दिएको संस्थाले जनाएको छ । संस्थाका कर्मचारी चन्द्र दुमरुले संस्थाले वर्षमा एक पटक यो जात्रामा मात्रै नभई नगरमा भइरहने जात्रापर्वमा यस्तै जनहितकारी कामहरु गर्दै आएको सुनाए । यसका साथै संस्थाले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको जानकारी उनले गराए ।

 


Thali Mobile Pvt.Ltd.