सर्वसाधारणलाई चिरख्वा हाइड्रोपावरको आईपीओ बिक्री खुला

सर्वसाधारणलाई चिरख्वा हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं। चिरख्वा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आजदेखि आईपीओ बिक्री खुला गरेको छ ।

आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका आठ लाख ५९ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको जनाएको छ ।

कम्पनीले स्थानीय बासिन्दालाई निष्कासन गरेको सेयरमा आवेदन नपरेकोसहित सर्वसाधारणका लागि बिक्री सुरु गरेको हो ।

निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले असोज २६ गतेसम्म आवेदन दिन सकिनेछन् भने सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक ३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरवीवी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.