सल्यान । सल्यानको कुमाख गाउँपालिका–५ मा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धर्मे बुढाथोकी ‘ज्वाला’ विजयी भएका छन् ।
ज्वालाले ७ सय ९२ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन । उनका निकटतम प्रतिस्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार खड्क बहादुर बोहरा २ सय ५१ प्राप्त गर्न सफल भए ।

