भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’

नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’

भक्तपुर, २८ कार्तिक । नवदुर्गाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व उजागर गर्ने उद्देश्यले ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ कार्यक्रम आयोजना गरिएको छ । अस्त्र फिट क्लब एण्ड वेलनेस प्रा.लि.को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै नवदुर्गा भक्तपुरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण सम्पदा भएको बताउनुभयो  । नवदुर्गालाई केन्द्रमा राखेर भक्तपुरका विभिन्न चाडपर्व तथा जात्राहरू सञ्चालन हुने उल्लेख गर्दै उहाँले नवदुर्गासम्बन्धी यस्ता कार्यक्रमले यसको ऐतिहासिक तथा सांस्कृतिक पक्षबारे थप अध्ययन र अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुरका सांस्कृतिक सम्पदाको अवलोकन गर्न विश्वका विभिन्न देशबाट पर्यटक आउने गरेको बताउँदै नगरप्रमुख प्रजापतिले यहाँको मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । आगामी दिनमा पनि यस्ता अनुसन्धानमूलक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा अस्त्र फिट क्लबका संस्थापक अध्यक्ष रिपेश धौबडेलले क्लबको उद्देश्यबारे जानकारी गराउँदै समाजमा परिवर्तन ल्याउन सर्वप्रथम आफैँबाट परिवर्तनको सुरुवात गर्नुपर्ने बताउनुभयो । क्लबले शारीरिक तन्दुरुस्तीका साथै सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत योगदान पुर्‍याउने उद्देश्य राखेको उहाँले बताउनुभयो । क्लबले यसअघि ‘हेरिटेज रन’ आयोजना गरिसकेको र यसपटक नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व प्रवर्द्धन गर्ने उद्देश्यले ‘टेम्पल क्वेस्ट’ आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.