भर्खरै : Sorry, your browser does not support inline SVG.
यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै | डिमेन्सिया पहिचान गर्न बेलायतमा दुई करोड पाउन्डको कृत्रिम बुद्धिमत्ता परियोजना | विश्वसम्पदा क्षेत्रमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्य जोखिममा |

यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते

एजेन्सी, २७ कात्तिक । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा भएको भीषण सडक दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । यूएईको आन्तरिक मन्त्रालयका अनुसार बुधबार मध्यरातअघि फुजैराह इमिरेट्सको प्रवेशद्वारमा दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको ट्रकका चालकले नियन्त्रण गुमाउँदा अर्को ट्रकसँग ठोक्किएको र त्यसपछि दुवै ट्रक सडकबाट बाहिरिएर रोकिएका अन्य गाडीमा ठोक्किएका थिए । दुर्घटनामा १८ वटा कार र पाँचवटा ट्रक गरी २३ वटा सवारीसाधन आपसमा ठोक्किएका थिए । ठक्करपछि एउटा ट्रकमा आगलागी भएको र आगो अन्य गाडीमा समेत फैलिएको समाचार संस्था अलजजिराले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा यूएईसहित विभिन्न देशका नागरिक रहेको समाचारमा उल्लेख छ । मृतकको पहिचान खुलाउन डीएनए परीक्षण भइरहेको जनाइएको छ । त्यस्तै, घाइते हुनेमा यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिक रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.