६ असार २०७७, शनिबार काठमाडौँ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताविरुद्ध अभिव्यक्ति दिएको भन्दै समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ ।
गिरीलाई पक्राउ गरी कारबाही गरिनुपर्ने मागसहित महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दर्ता भएको हो । अधिवक्ताहरू सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले शुक्रबार उजुरी दिएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए
जेठ ३१ गते संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा पाकिस्तानबाट बंगालदेश बने जस्तै नेपाल पनि टुक्रने र निशान छाप संशोधन विधेयककको समर्थन गर्नु आत्महत्या गर्नु सरह भएको भन्ने अभिव्यक्ति सांसद गिरी दिएकी थिइन् ।
गिरीको अभिव्यक्ति नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता विपरीत भएको र त्यस्ता अभिव्यक्ति दिन संविधानले नै निषेध गरेकाले उनलाई तत्काल पक्राउ गरी राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन उजुरीमा माग गरिएको छ । गिरीलाई मुलुकी अपराध संहिता २०७४ अनुसार हदैसम्मको सजायको माग गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ । आजदेखि विश्व खोप सप्ताह औपचारिक रूपमा सुरू भएको छ। ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ भन्ने नाराका साथ यस वर्षको खोप सप्ताह मनाइँदैछ। अभियानको उद्देश्य सबै...
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै ठाउँमा आज र भोलि अत्यधिक गर्मी हुने सम्भावना रहेको जनाएको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम ३८...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हालको विद्युत् व्यवस्थापनमा देखिएको चुनौतीलाई छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। गर्मीयाममा भारतमा विद्युत् माग ह्वात्तै बढेका कारण नेपालले पर्याप्त बिजुली आयात गर्न...
तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ । आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग...