भर्खरै : Sorry, your browser does not support inline SVG.
बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल | युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने | कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा | अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी | गण्डकी सरकारको उक्तम कार्य, क्यान्सर उपचारमा सहायता कार्यक्रमबाट सात सय ३३ जनाला भान्वित | नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र | ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी | १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती |

सिमलताल पहिरोः३ जना पौडिएर बाँचे, ‘५ पटक ठक्कर खाएर बस नदीमा पुगेको थियो’

सिमलताल पहिरोः३ जना पौडिएर बाँचे, ‘५ पटक ठक्कर खाएर बस नदीमा पुगेको थियो’ image

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिरोले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
एक जनाको भरतपुर अस्पतालमा र दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँहरू हिजो बेलुकी साढे ७ बजे काठमाण्डौबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार हुनुहुन्थ्यो ।

उहाँहरूमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताउनुभयो । ‘बसमा हामी ३० देखि ३५ जना थियौँ । त्यसमध्ये तीन जना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निस्कियौँ, पौडिएर बाँच्न सफल भयौँ ।’ ‘खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उहाँले सुनाउनुभयो । ‘हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ’, उहाँले थप्नुभयो, ‘बस पानीमा धेरै मुनि पुगेको थियो ।

हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौँ ।’ टाउकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचार गरेर फर्किँदै गरेका रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादवले आफ्नो परिवारका चार जना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको सुनाउनुभयो । बसमा उहाँका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार हुनुहुन्थ्यो । काठमाण्डौमा उपचार गरेर घर फर्कँदै गर्दा उहाँको परिवारका पाँच जना दुर्घटनामा पर्नुभएको हो ।

‘काठमाण्डौमा छ दिनसम्म उपचार गरेर फर्किँदै थियौँ । एक्कासी नसोचेको घटना घट्यो । पाँचपटक ठक्कर खाएर बस बल्ल नदीमा पुगेको थियो’, उहाँले सम्झिनुभयो, ‘पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए । अरूको अवस्था के होला, अहिलेसम्म थाहा छैन । बसको चालक र सहचालक पनि त्यही डुब्नुभयो ।’ बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको भन्दै उहाँले सुनाउनुभयो, ‘जाम खुलेसँगै बिस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा बस खसेको हो ।

बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भएँ, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ ।’ उहाँको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ता ुडिस्चार्जु हुनुभएको छ । अहिले बेपत्ता बसको खोजी कार्य जारी छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । यसैबीच नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बसमध्ये एउटामा सात जना भारतीय नागरिक रहेका खुलेको छ । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda