भर्खरै : Sorry, your browser does not support inline SVG.

सुखले ठेला गुडाएर कमाउन पनि पाइँदैनु

सुखले ठेला गुडाएर कमाउन पनि पाइँदैनु

भैरहवा । रूपन्देहीको सिद्धार्थनगर–६, गल्लामण्डीको भैयाटोलमा ६ जनाको हाम्रो परिवार डेरामा बसिरहेका छौं ।उमेरले २९ वर्षको भएँ । आफ्नै जग्गाजमिन, घर केही छैन । केही नहुनेका लागि घरखर्च जुटाउने भर पनि नहुँदो रहेछ ।त्यसैले त कोठा भाडा र साँझ–बिहान खाने खर्च जुटाउन ठेलामा खत्र्याकखुत्रुक राखेर दिनभरि बजार डुलेर व्यापार गर्छु । खासमा भनौं भने यो हाम्रो पुर्ख्यौली पेसा जस्तै बनिसक्यो । बुवाले पनि ठेलामा व्यापार गरेरै हामीलाई हुर्काउनु भयो ।

बाबु–छोराले कहिलेसम्म ठेला गुडाउने भनेर ६ वर्षअघि बुवाले दुखम‍्सुखम् जम्मा गरेको पैसा र सरसापटीसमेत गरी साढे २ लाख खर्च गरेर मलाई कतार पठाउनु भएको थियो । २३ वर्षको उमेरमा कतार पुगेर मैले पनि कडा मिहेनत गरिरहेको थिएँ । यता बुवाको ठेला गुडिरहेकाले जेनतेन परिवारको गुजारा चलिरहेको थियो । त्यहीबीचमा बुवा बिरामी पर्न थालेपछि ठेलामा ‘ब्रेक’ लाग्यो । व्यापार ठप्प भएपछि यता घरमा दैनिक गुजारा चलाउन नसकिने भयो ।

बुवा थलिएपछि आमाले झट्टै कतारबाट फर्किहाल् भनेर तारन्तार फोन गर्न थाल्नुभो । यता घरमा पनि भाइबैनी सानै भएकाले परिवारको देखभाल गरिदिने कोही भएन । तीन वर्ष कतारमा काम गरेँ । त्यताको मजदुरी छाडेर घर पुगेको पाँच दिनमा बुवाको मृत्यु भयो । जीवनमा पीडा कसलाई पो हुँदैन भन्ने ठानेर मैले बुवाले थन्क्याएको ठेला निकालेर फेरि व्यापार सुरु गरेँ । लगत्तै मैले बिहे पनि गरेँ । अहिले तीन वर्षको छोरो छ ।

सधैं एउटै सामानको व्यापार हुँदैन । मौसमअनुसार व्यापार परिवर्तन भइरहन्छ । भैरहवा बजारमा चिसो याममा बदाम भुट्दै बिक्री गर्दै डुल्छु । अहिले त गर्मी सुरु भइसक्यो । त्यसैले ठेलामा नरिवल, खरबुजा, काँक्रा राख्न थालिसकेँ । अन्य व्यवसाय गर्न मसित पैसा नभएकाले यस्तो खुद्रा व्यापारले धानिनु परेको छ । घर खर्च धान्न पुग्ने कमाइ नभएपछि ७ कक्षामा पुगेका भाइ र बैनीको पढाइ रोकियो । भाइले पनि चार महिनादेखि भाडामा अटोरिक्सा खोजेर चलाउन थालेपछि केही सहयोग मिलेको छ ।

परिवारका सबै जना अटाउने घर भाडामा लिन नसकेपछि महिनाको ७ हजार तिर्ने गरी दुईवटा घरमा चारवटा कोठा लिएका छौं । ठेलावाला हुँ भनेपछि सहजै कसैले घर भाडामा दिन मानेनन् । साँझ–बिहानका लागि आवश्यक उपभोग्य बस्तु र आमाको औषधि–उपचारमा गरेर महिनाको १७ देखि २० हजार खर्च हुन्छ । प्रत्येक महिना अस्पताल लगेर आमाको मुटुको ईसीजी, इकोलगायतका परीक्षण गरिरहनुपर्छ भने नियमित औषधी खानुपर्छ ।ठेलाको व्यापारबाट मैले सरदर दिनको ५ सय र अटो चलाएर भाइले महिनाको ५र७ हजार बचत गर्छ । आमाले पाउने वृद्धभत्ताले औषधि खर्च पनि पुग्दैन । महिनाको ८ हजारजति औषधि उपचारमै खर्च हुन्छ ।

डाक्टरले आमाको मुटुको अप्रेसन गर्नुपर्ने र त्यसका लागि ५–६ लाख रुपैयाँ खर्च लाग्ने बताएका छन् । अप्रेसन नगरुन्जेल नियमित जाँच र औषधि खाइरहनु पर्ने बताएका छन् । अर्कोतिर भाइ र बैनीको विवाह गरिदिनुपर्ने जिम्मेवारी पनि मेरै काँधमा छ । यी सबै काम पूरा गर्न कसरी खर्च जुटाउने भन्ने चिन्ताले कहिलेकाहीँ रातभरि निद्रा लाग्दैन ।दाजुभाइले कमाएको धेरैजसो पैसा कोठा भाडा तिर्दैमा सकिन्छ । कहिलेकाहीँ आफ्नै दुई कोठासम्मको घर हुन्थ्यो भने भाडा तिर्ने पैसाले परिवारको गुजारा चल्थ्यो जस्तो लाग्छ ।

यस्तै लहर र चिन्ता चलेका बेला मन हलुँगो बनाउन मजस्तै ठेला गुडाएर निर्वाह गर्ने साथीहरूसित दुःख साट्ने गरेको छु । अहिले त भैरहवामै चामल, आटा, खाना पकाउने ग्यास, तरकारी, दुध, चिनीलगायतको पनि मूल्य बढिसक्यो ।बजारमा ठेला गुडाएर दुईरचार पैसा कमाउन त्यति सजिलो कहाँ छ र रु नालीमाथि ठेला अड्याएर राख्नुपर्छ । त्यहीँ पनि नगरपालिकाले ठेला व्यापार बन्द गर्दैछ भन्ने सुन्छु । कहिलेकाहीँ व्यापार भइरहेका बेला नगर वा ट्राफिक प्रहरी आइपुग्यो भने त बेतोडसित भाग्नु पर्छ । त्यसरी भाग्दा ठेला बिग्रिने र आफूलाई चोटपटक पनि लाग्छ । कमाइको आधार नभएकालाई सुखले ठेला गुडाएर गुजारा चलाउनसमेत कठिन छ ।

‘ब्रिटेन्स गट ट्यालेन्ट मेरो सपनाको मंच हो र म जित्न चाहन्छु’ प्रस्तुति दिनुअघि शोमा आउनुको कारणबारे जजहरूले उनलाई सोधेका प्रश्नमा उनको जवाफ थियो, ‘यो जितेपछि म प्रिन्स र प्रिन्सेस बस्ने घर किन्न चाहन्छु ।’ उनको यो बालसुलभ जवाफलाई समेत निकै रुचाइयो ।भारतको पूर्वोत्तर आसामकी विनिता बुवासँग कार्यक्रममा पुगेकी थिइन् । उनको प्रस्तुतिको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.