१९ असार २०७७ काठमाडौं । पदमोहलाई अंगिकार गर्दै अघि बढेको सत्तारूढ नेकपा अहिले आन्तरिक किचलोलाई चरमोत्कर्षमा पु¥याउन सफल भएको छ । जनभावना अनुसार अघि बढ्नु भन्दा पनि व्यक्ति स्वार्थलाई र पारिवारिक स्वार्थलाई अगाडि बढाउदा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड पक्षले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन बारमबार घोचिरहेको छ ।
स्थायी समितिका बहुमत सदस्य यतिबेला ओलिका विरुद्ध अग्रसर भएका छन् भने ओली पक्षका कसरी कुर्सी बचाउन सकिन्छ भनेर कहिले राष्ट्रिपति त कहिले आफुइतरकासंग भलाकुसारी गरिरहेका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओली भने दुवै पदबाट राजीनामा नदिने दाउमा उभिएका छन् । प्रचण्ड पक्ष र प्रमुख प्रतिपक्षलाई झुकाएर ओलीले बैठककै बीचमा मन्त्रिपरिषद्बाट सिफारिस गराएर संसद् अधिवेशन अन्त्य गराएरै छाडेका छन् ।
यो कुरालाई प्रचण्ड पक्षलाई आगोमा तेल थप्ने बनाएको छ भने ओली तर्फ झन् असमझदारी बढाएको छ । जसका कारण पार्टीभित्रको आन्तरिक किचलो, सीमा समस्या, सरकार कामको समीक्षा, एमसीसी परियोजनालगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकले यस्तो रुपधारण गर्न मदत मिल्यो । पार्टी भित्र चुलिएको आन्तरिक किचलो थाति राखेर प्रतिपक्षलाई सिधै असार १४ गते प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न भारतको सवै संयन्त्र सक्रिय भएको बताए ।
नेपालका केही नेताहरूसमेत भारतीयसंलग्नतामा आफुलाई सरकारबाट हटाउने षड्यन्त्रमा लागेको आरोप लगाए । संयोगबस असार १६ गतेको नेकपा बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधब नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतलेको एक प्रभावशाली समूहले ओली नेतृत्वबाट राजीनामाको घोचक बाँण प्रहार गरे । उक्त बाँणको ओलीले ओलीपक्षीय रणनीति बनाएपछि पार्टी भित्र अन्तरकलह र संघर्षले चरम रूप लियो र सर्वत्र छचल्किएको छ ।
हुदा हुदा दुवै पक्षले अहिले विभिन्न दाउपेककै बीच बाक्ला बाक्ला बैठक सुभारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा दुवैतर्फका केही स्थायी समिति सदस्यसँग छलफल गरेपछि त्यसको काउन्टरमा प्रचण्ड, माधव, झलनाथ, बामदेव पक्षले ललितपुरको झम्सिखेलमा फरक रणनीति बनाए । ओली प्रचण्डका दहिचिउरे प्रवृतिले विवाद झन झन् चरमोत्कर्षमा पुग्दै गएको छ । समस्या समाधान गर्न भन्दै बिहीबार बोलाईएको पार्टी बैठकमा दुई अध्यक्षबीच बालुवाटारमा भएको छलफलले आ–आफ्नै अडान जारी राखेपछि समस्या समाधान भन्दा पनि झन संकटपूर्ण रुपधारण गरेको छ ।
लगत्तै प्रधानमन्त्री ओलीले संसद् अधिवेशन अन्त्यको निर्णय लिएर बालुवाटार बैठक चलिरहेकै बेला संसद् अधिवेशन अन्त्य गराउनुले पार्टी एकतामा दरार पैदा भएको छ । पार्टी फूटको संकेत बैठक लगतै प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए । उनले पार्टी एकतामा गम्भीर संकट आएको पत्रकारसंग बताए । पार्टी भित्रका यस्ता हर्कतले सूर्यभित्रको हँसिया हथौडामा फूटको दरार पुगेको देखिन्छ । २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भई नेकपा बनेको थियो । पार्टी एकतापछि देशमा राम्राकाम पनि गरेको छ ।
दुई तिहाइ मतसहित केन्द्रीय सरकार बनाएको नेकपा सकारले राजनीतिक पकड पनि मजबुत बनाएको थियो । भारतले अतिक्रमण गरेको भूमि लिपुलेख, लिम्पियाधुरा र कालापानी सहितको नक्सा जारिगर्नुका साथै राष्ट्रिय एकतामा एक धुर्वमा नागरिक उभ्याउन सफल भएको थियो । तर नेकपा भित्र पछिल्लो समय देखिएको आन्तरिक विवादले भने भाई फुटे गवार लुटे भन्ने अवस्थामा पु¥याएको छ जुन गलत हो । फुटको संघारमा आइपुगेको नेकपा भित्रै हिन्दुस्तान हर्कतले भने अव कस्तो मोड लिन्छ त्यो भने हेर्न बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोलाको सिमाङ्कन तथा व्यक्तिको जमिन यकीन कार्यअन्तर्गत रोशी खोलाको सिमाङ्कन कार्य सकिएको छ । करिब दुई हप्ताको अवधिमा...
भक्तपुर । रानीकोट काठमाडौं उपत्यकाबाट सबै भन्दा नजिकको प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँबाट उपत्यका हेर्दा धर्तीको स्वर्ग भनेकै यही हो जस्तो लाग्छ । काठमाडौं उपत्यका हेर्नका लागि पछिल्लो...
काभ्रे । काभ्रेको महाभारतमा मङ्गलवारदेखि शुरू भएको आगो नियन्त्रणमा आउन सकेको छैन । काभ्रेको महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा नआएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको...
एजेन्सी । भारतमा सामूहिक बलात्कार र हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । भारतको एक अदालतले किशोरीको बलात्कार र हत्यामा संलग्नहरु पाँच जनालाई मृत्युदलण्डको सजाय सुनाएको...