भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मजबुत बनाइदै सीमामा सुरक्षा, थपिदै बीओपी

मजबुत बनाइदै सीमामा सुरक्षा, थपिदै बीओपी

१९ असार २०७७ काठमाडौं । सीमा अतिक्रमण ध्यानमा राखेर सरकारले दुवैतिरका सीमा सुरक्षालाई मजबुत गर्नलागेको छ । सीमामा सुरक्षा कमजोर भएको आवाज उठिरहेका बेला गृह मन्त्रालयले बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) २ सय २२ वटा पुर्‍याउने जनाएको छ ।

एक सय १४ वटा बीओपी थप गर्ने निर्णय भएकोमा दक्षिणमा २१ र उत्तरमा ४ गरी २५ वटा बीओपी स्थापना गरिएको हो। दक्षिणमा १ सय २८ र उत्तरमा ४ गरी १ सय ३२ बीओपी राखिएको गृहमन्त्रीयले जनाएको छ । कैलालीको कुसुमघाटमा थपिएको एक गरी बीओपी संख्या १ सय ३३ पुगेको मन्त्रालयका प्रेस संयोजक किरण भट्टराईले बताए ।

वैशाख ३१ यता उत्तरी र दक्षिणी सीमामा ११ वटा सशस्त्र प्रहरी बलको बोर्डर अब्जरभेसन पोस्ट थपिएका हुन्। जेठमा मात्रै ९ वटा थप गरिएको मन्त्रालयले जनाएको छ । चीनसँगको सीमामा पनि बीओपी स्थापना गर्न थालिएको छ । नेपाल–चीन करिब १५ सय मिटर सीमा क्षेत्रअन्तर्गतको मुस्ताङको लोमान्थाङमा जेठ १५ मा बीओपी राखिएको हो ।

त्यसपछि हुम्लाको हिल्सा, संखुवासभाको किमाथांकामा बीओपी खडा गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोसी र रसुवाको गोसाइँकुण्डमा स्थापना गर्ने तयारी छ। ताप्लेजुङको कञ्चनजंघामा भने स्थापना गर्न बाँकी छ।

 


Thali Mobile Pvt.Ltd.