भर्खरै : Sorry, your browser does not support inline SVG.

स्वाधिनता र स्वाभिमानको पक्षमा दृढछौं : गृहमन्त्री श्रेष्ठ

स्वाधिनता र स्वाभिमानको पक्षमा दृढछौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण भएको बुधबार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै यस्तो बताएका हुन ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन भारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सामा नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताविरुद्ध नेपालको भूभाग समेटेकोप्रति ध्यानाकर्षण गराएको छ ।

उनीहरुले भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा आपराधिक क्रियाकलाप गरेको भएपनि सरकारले कुनै चासो नदिएको भन्दै सरकारकाले ध्यानाकर्षण गराएको छ । गृहमन्त्री श्रेष्ठले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको समेत बताए ।

 


Thali Mobile Pvt.Ltd.