हुम्ला । केहि मिडियाहरुले चीन नेपाल सीमा स्तम्भ हराएको भनेर प्रचार गरिरहेका बेला हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी नेतृत्वमा गएको सीमा खोज्न चीनतर्फ लाग्यो । बुधबार गएको टोली सीमा स्तम्भ केही नभएको देखेपछि फर्किएको छ ।
हराएको भनिएको ११ नम्बर सीमास्तम्भमा फोटो खिच्दै सुरक्षाकर्मीसहितको उक्त टोली फर्किएको छ । हिउँ र माटोले पुरिएकाकारण हराएको भन्ने भ्रम परेरेको एक टोली सदस्यले बताए । अवस्थामा स्तम्भ भेटिएको उनले बताए । अहिले चीनले संरचना बनाएको लोलुङजोङ क्षेत्र कतातिर पर्छ भन्ने पनि सीमा स्तम्भले स्पष्ट पारिदिएको उनको भनाई छ ।
स्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ । पहिलोपटक २०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे एजेण्डा उठाएका थिए थिए । यसअघि नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली मौसममी अवस्थाका कारण लाप्चाबाटै फर्किएको थियो ।
