४ असार २०७७ काठमाडौं- नेपालमा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६७१ जनामा संक्रमण देखिएको हो । आज थपिएका ६७१ सहित नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
भिडियाे…
ह्वात्तै थपिए कोरोना संक्रमित हेराैं स्वास्थ्यको प्रेसमिट
ह्वात्तै थपिए कोरोना संक्रमितस्वास्थ्यको प्रेसमिट लाइभ
Posted by Kailashkhabar.com on Thursday, June 18, 2020
पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११८६ पुगेको छ। कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।
कर्णालीमा थप १२० जनामा कोरोना पुष्टि
कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको कोरोना परीक्षणमा दैलेख ८६ र सुर्खेतका ३४ जनामा आरटी पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार दैलेखको महावु गाउँपालिकामा मात्र पाँच महिलासहित ७६ जनामा कोरोना पुष्टि भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर २ मा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएकाे छ ।
त्यस्तै, गुराँसे गाउपालिकामा पाँच, भैरवी गाउँपालिका एक, चामुण्डा बिन्द्रासैनी र दुल्लु नगरपालिकामा दुई दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सुर्खेत पञ्चपुरी नगरपालिकामा १०, चिङ्गाड गाउँपालिकामा आठ, वीरेन्द्रनगर नगरपालिकामा छ, गुर्भाकोट नगरपालिकामा पाँच, बराहताल र चौकुने गाउँपालिकामा दुई दुई, र सिम्ता गाउँपालिकामा एक जनामा संक्रमण देखिएको छ ।
आज १२० जना कोरोना थपिएसँगै अब कर्णालीमा कोरोना संक्रमितहरुको संख्या एक हजार २२४ पुगेको छ । प्रतिष्ठान जुम्लाबाट छ, आइसोलेसन केन्द्र सुर्खेत सालकोटबाट तीन, सिम्ताबट एक र महाबु आइसोलेसन केन्द्र दैलखबाट एक जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ५०५ पुगेको छ ।
नवलपरासी पूर्व ४२ जनामा कोरोना
नवलपरासी पूर्वमा १८ जना नयाँ संक्रमण पुष्टि भएको छ । त्यस्तै, तनहुँमा १२ जना, मनाङमा १ जना, गोरखामा ११ जनामा संक्रमण पुष्टि भएको छ ।
मनाङको एक जना कपिलवस्तुबाट फर्किएका र अरु सबै भारतबाट फर्किएका सूचनामा निर्देशनालयद्वारा जारी सूचनामा उल्लेख छ । संक्रमित सबै सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा छन् । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।
धनगढीमा संक्रमितको मृत्यु
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा जगदीशप्रसाद जोशीका अनुसार गोदावरी नगरपालिका–४ का ४६ वर्षीय कोरोना संक्रमितको बुधबार साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो ।
चिकित्सकले उनलाई कडा खालको निमोनियासँगै कोरोनाको संक्रमणबाट मृत्यु भएको बताएका छन् । चिकित्सकका अनुसार उनलाई कोरोनाको लक्षण देखिएको १२ दिनभन्दा बढी भइसकेको थियो । उनी बस मालिक हुन् । भारतबाट आएका नेपालीहरुलाई आफ्नो बसमा राखेर विभिन्न स्थानमा पुर्याउने क्रममा उनी संक्रमित भएको शंका गरिएको छ ।
उनी कहिले आफै बस चलाउथे भने कहिले बसको क्याबिनमा चालकसँगै बस्थे । त्यही क्रममा उनी संक्रमित भएको बताइएको छ । कोरोनाको लक्षण देखिएपछि उनी धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना भएका थिए । त्यहाँ सामान्य उपचारपछि घर गएका उनी संक्रमणले च्यापेपछि नवजीवन अस्पतालमा भर्ना भए ।
नवजीवनको आईसियूमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई शनिबार राती उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । सेती प्रादेशिक अस्पतालकै भेन्टिलेटरमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । जनताको मुख थुनेर सत्तामा टिकिरहन्छु भन्नु मुर्खता बाहेक केही नहुने र त्यसको अन्त्य चाँडै हुने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले टिप्पणी गरेका छन् । काठमाडौंमा...
काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएका हुन । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस...
काठमाडौं । एमालेले बैतडीबाट सुरु गरेको ‘झुलाघाट–चिवा भञ्जयाङ पाँचथर’ बाट सुरु गरेको ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ आज बागलुङ पुगेको छ । अध्यक्ष केपी ओलीसहितको टोली पदयात्राका क्रम आज बागलुङ पुग्ने...
काठमाडौं । एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् । गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब...