भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

१ करोड ५२ लाख लागतमा निर्माण भएको नहर र पावरहाउस बाढीले बगायो

१ करोड ५२ लाख लागतमा निर्माण भएको नहर र पावरहाउस बाढीले बगायो

म्याग्दी । म्याग्दीको दरखोला लघुजलविद्युत बाढीले बगाएको छ । धवलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोलामा आएको बाढीले ४२ मेगावाट क्षमताको दोस्रो दरखोला लघुजलविद्युत् परियोजना बगाएको हो ।

वैकल्पिक ऊर्जाको ८६ लाख, गाउँपालिकाको ६० लाख र बाँकी स्थानीय श्रमदान गरी १ करोड ५२ लाख लागतमा दुई वर्षअघि मात्र लघुजलविद्युत् परियोजना निर्माण भएको जनाइएको छ ।

बाढीले नहर तथा पावरहाउस बगाएपछि दुर्गम बस्ती लुलाङका ३ सय ७८ घरधुरी अन्धकार भएका छन् । आइतबार राति आएको बाढीले परियोजनाको नहर तथा पावरहाउस सबै बगाएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.