काठमाडौं, २३ असोज । दसैँ नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढेको छ । दसैँका लागि लामो तथा छोटो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएसँगै टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको हो ।
दसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुहरू टिकट लिन नयाँ बसपार्क पुग्न थालेका छन् । अग्रिम टिकट बुकिङ सुरु भएपछि बसपार्क क्षेत्रमा यात्रुको आवागमन बढेको छ ।
दसैँका बेला सार्वजनिक सवारीसाधनमा यात्रुको चाप अत्यधिक हुने भएकाले समयमै टिकट लिएर यात्रा सुनिश्चित गर्न सर्वसाधारण अग्रिम बुकिङका लागि पुगिरहेका छन् ।
चाडपर्वको समयमा घर फर्किने यात्रुको सङ्ख्या बढ्ने भएकाले यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्न अग्रिम टिकट बुकिङले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
