भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

कहिले आइपुग्ला नेपाल ई–पासपोर्ट छाप्ने मेसिन

कहिले आइपुग्ला नेपाल ई–पासपोर्ट छाप्ने मेसिन

काठमाडौं । नेपालमा ई–पासपोर्ट छाप्ने मेसिन अझै आइपेको छैन् । राहदानी विभागले नेपाल ल्याउन लागेको ई–पासपोर्ट छाप्ने मेसिन अझै नेपाल ल्याउन नसकेको जनाएको हो । मेसिन राख्नका लागि त्रिपुरेश्वरमा कार्यालय समेन निर्माण भइरहेको छ । मेसिनका लागि सर्भरको काम भइरहेकाले तत्कालै ल्याउन नसकिएको राहदानी विभागले जनाएको छ। सर्भरको काम नसकिएकोले ढिलाइ भइरहेको र सेप्टेम्बरको अन्त्यसम्ममा मेसिन नेपाल आइपुग्ने उल्लेख गरिएको छ ।
सम्पूर्ण पार्ट काठमाडौंमा ल्याएर जडान गर्ने विभागले जनाएको छ ।

मेसिन ल्याउनका लागि ‘आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी’ फ्रान्सेली कम्पनीले ठेक्का लिएको थियो । उक्त कम्पनीले २ करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का पाएको थियो। विश्वका १ सय भन्दा बढी मुलुकले इ–पासपोर्ट सञ्चालनमा ल्याएका छन्। हातले लेखेको पासपोर्टलाई ११ वर्षअघि मेसिन रिडेबल पासपोर्टले विस्थापित गरेको थियो। विभिन्न देशबाट मेसिनको सामान ल्याई वीरगञ्ज भन्सार कार्यालयमा राखिएको छ। मेसिनका लागि चाहिने सामानहरु चीन, फ्रान्स र जर्मनबाट ल्याइएको छ।

 

 


Thali Mobile Pvt.Ltd.