भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

५ लाख ठगेको आरोपमा काठमाडाैंबाट १ जना पक्राउ

५ लाख ठगेको आरोपमा काठमाडाैंबाट १ जना पक्राउ

काठमाडौं । प्रहरीले गुल्मीको धुर्कोट घर भई काठमाडौंको समाखुसी बस्ने ३२ वर्षका ईन्द्रबहादुर पछाईलाई कामका लागि स्लोभाकिया पठाइ दिन्छु भन्दै ३ जनासँगबाट ५ लाख रुपैयाँ ठगेको आरोपमा पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले निज पछाईले स्लोभाकिया जानका लागि ९ लाख रुपैयाँ लाग्छ र १ लाख ३० हजार रुपैयाँसम्म मासिक तलब हुन्छ भन्दै नवलपुरको कावासोती घर भई काठमाडौं बस्ने रोसन भण्डारीसहित ३ जनासँग ५ लाख रुपैयाँ लिएको ठगी गरेको बताए ।

उपरीक्षक कृष्णप्रसाद कोइरालाले पक्राउ परेका पछाईलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगारी विभागमा पठाएको जानकारी दिए । उनले भने, ‘निज पछाईले स्लोभाकिया पठाई दिने र महिलाको १ लाख ३० हजार हुन्छ भनेर ३ जनाबाट करिब ९ लाख रुपैयाँ ठगेको भन्ने जानकारी आएपछि प्रहरी पक्राउ गरेर थप अनुसन्धानका लागि वैदेशिक रोजगारी विभागमा पठाएका छौं ।

 


Thali Mobile Pvt.Ltd.