७० करोड घुस प्रकरणमा मुछिएका बाँस्कोटाको सम्पत्ति कति ?

७० करोड घुस प्रकरणमा मुछिएका बाँस्कोटाको सम्पत्ति कति ? image

काठमाडौं । निवर्तमान संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २०७५ साल बैशाख ९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका थिए । सो विवरण अनुसार बाँस्कोटाको सम्पत्ति अन्य मन्त्रीको भन्दा न्यून रहेको थियो ।

बाँस्कोटाले बुझाएको सम्पति विवरण
श्रीमती तारादेवी बाँस्कोटाको नाममा भक्तपुरको लोकन्थलीमा १२१.२४ वर्गामिटर क्षेत्रफल बराबरको जग्गा। यो सम्पत्ति उनले पुख्र्यौंली सम्पत्ति बेचेर किनेको विवरणमा उल्लेख छ । त्यस्तै, बाँस्कोटाको आफ्नै नाममा बनेपामा १२७.१८ वर्गमिटर (४ आना), श्रीमतीकै नाममा साविकको देवभूमि बालुवामा १०४८.४८ वर्गामिटर (२ रोपनी), साविकको नयाँगाउँ देउपूरमा ३ ओटा कित्तामा रहेको ८ रोपनी ३ आना ३ पैसा जग्गा रहेको जनाइएको छ ।

बनेपाको जग्गा ३ लाखमा खरिद गरेको र अरु सम्पत्ति पैतृक भएको विवरणमा उल्लेख छ । अचल सम्पत्ति बाहेक बाँस्कोटासँग १७ तोला सुन, ६० तोला चाँदी तथा विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थामा समेत गरी २१ लाख ७५ हजार २९० रुपैंया नगद रहेको जनाइएको छ ।

छोरालाई नर्वे पठाउन कुबेर सापकोटा र विष्णु खनालसँग १५ लाख रुपैंया ऋण लिएको देखाइएको छ भने टिभी, आईफोन र ल्यापटपसहित १ लाख ८० हजार रुपैंया बराबरको तीनओटा इलेक्ट्रोनिक ग्याजेट रहेको विवरणमा उल्लेख छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.