भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

९ जना पदाधिकारी नियुक्त

९ जना पदाधिकारी नियुक्त

काठमाण्डौ । लुम्बिनी क्षेत्र विकास कोषमा ९ जना पदाधिकारी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त रहेका नौ जना पदाधिकारी नियुक्त गरेका हुन । नवनियुक्त पदाधिकारीहरूलाई बुधवार मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गरेका हुन । विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रीस्तरीय निर्णयबाट पदाधिकारी नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ ।

नवनियुक्त पदाधिकारीहरूलाई मन्त्री आलेले र्निधक्कका साथ लुम्बिनी क्षेत्रको विकासमा लाग्न निर्देशन समेत दिएका छन् । कोषमा नियुक्त भएकाहरूमा कोषाध्यक्ष ढुण्डीराज भट्टराई, कार्यकारी सदस्यमा राजेश शाक्य, नेत्र शाही, विश्वराज पौडेल र रामनरेश कोहार रहेका छन् । यसैगरी परिषद् सदस्यहरूमा प्रकाश भट्टराई, धनराज कँडेल, श्रीराम यादव र गोपीकृष्ण शर्मा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.