काठमाडौं । आइतबार मात्रै मन्त्रिपरिषद बैठक आज फेरि बस्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ।
पुनः अर्को बैठक बोलाएका हुन् । मन्त्रीहरुलाई बैठकको एजेण्डाबारे पूर्व जानकारी नगराइ मन्त्रिपरिषद बैठक आज ४ बजे बालुवाटारमा बस्न लागेको एक मन्त्रीले बताए ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने, आन्तरिक हवाई उडान बन्द गर्ने र राष्ट्रिय जनगणना स्थगित गर्ने निर्णयहरु गरेको थियो । तर आज एक्कासी बैठक बोलाएकोले केही विशेषहुने स्रोतले बतायो ।
