भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा |

अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ

अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ

काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ ।अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङलाई पठाएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि उनी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । महानिर्देशक झलकराम अधिकारी सुन तस्करीमा संलग्न दावा छिरिङसँग साठगाठ रहेको खुलेपछि गृह मन्त्रालय तानेर उनलाई अहिले सामान्य प्रशासन मनत्रलयको अतिरिक्त समूहमा सरुवा गरेको छ ।

अबदेखि तामाङले अध्यागमन विभागको नेतृत्व गर्नेछन् । विपद व्यवस्थापन प्राधिकरणमा जयनारायण आचार्य पुगेका छन् । त्यसैगरी त्रिभुवन विमानस्थल अध्यागमन प्रमुखमा गोगनबहादुर हमाल सरुवा भएका छन् ।

गृहले चार जना प्रमुख जिल्ला अधिकारीहरु फेरेको छ । रोशनीकुमारी श्रेष्ठ भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाइएको छ ।

यसअघि ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उनले गृह प्रशासनमा पुगेलगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मौका पाएका हुन् ।

त्यसैगरी रामवन्धु सुवेदीलाई दाङ र शिवराम गेलाललाई महोत्तरीको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरेको छ । सहसचिवहरु दीपककुमार पहाडी, भरतमणि पाण्डे, खगेन्द्रप्रसाद रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

 


Thali Mobile Pvt.Ltd.