भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अनुदानको मल दुरुपयोग, प्रशासनले थाल्याे अनुगमन

अनुदानको मल दुरुपयोग, प्रशासनले थाल्याे अनुगमन

बाँके । किसानलाई अनुदानमा दिएको मलमा दुरुपयोग भएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा किसानलाई बिक्री गर्ने मल दुरुपयोग भएको पाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी लालबहादर गुरुङको नेतृत्वमा वाणिज्य कार्यालय, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनीका प्रमुखसमेतको सहभागितामा गरिएको अनुगमनमा बाँकेको नरैनापुरस्थित राप्ती कृषि सहकारी संस्था लिमिटेड मटैयाको आकस्मिक अनुगमन गर्दा कैफियत भएको पाइएको छ ।

नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते दुई सय बोरा नेपाल सरकारबाट प्राप्त युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा फेला परेको छ ।

छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको पाइएको छ भने बाँकी हुनुपर्ने एक सय ३० बोरा अनुदानको युरिया मल बाटोबाट नै गायब भएको सप्रजिअ गुरुङले बताए ।

सो सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ता हित संरक्षण ऐनबमोजिम रु दुई लाख जरिवाना गरी गोदाममा रहेको ६४ बोरा अनुदानको मल हाललाई शिल गरी गायब भएको एक सय बोरा मलका विषयमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.