भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सहकारी ठग मेयर विरुद्ध रेड नोटिस जारी

सहकारी ठग मेयर विरुद्ध रेड नोटिस जारी

काठमाडौं । सहकारी ठगी गरी फरार भएका बाग्लुङ ढोरपाटनका मेयर देवकुमारविरुद्ध रेड नोटिस जारी भएको छ । ठगी प्रकरणमा नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले मेयर नेपाली विरुद्ध रेड नोटिस जारी गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीम ढकालले नेपाल रेड नोटिस जारी भएसँगै प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलका १९६ सदस्य राष्ट्रले अब नेपालीको खोजी गर्ने बताए ।

बाग्लुङको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका नेपालीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ । नेपाली नेकपा एमालेबाट २ पटक मेयरमा निर्वाचित भएका व्यक्ति हुन् ।

संस्थापक अध्यक्ष रहेको सहकारीले करोडौं रुपैयाँ ठगी गरेको आरोप छ । सहकारीको बागलुङ बजारमा मुख्य कार्यालय रहेको छ । फरार रहेका नेपालीसँगै सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र झगबहादुर शाही प्रहरीको खोजी सूचीमा छन् ।

 


Thali Mobile Pvt.Ltd.