भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

अनुसन्धानमा रहेको प्रहरीले घटनाको १२ घन्टापछि हत्या अभियोगमा दुई जना समात्न सफल

अनुसन्धानमा रहेको प्रहरीले घटनाको १२ घन्टापछि हत्या अभियोगमा दुई जना समात्न सफल

भक्तपुर । प्रहरीले हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सीमानासंगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका मानिसको हत्या अभियोगमा दुईजना पक्राउ गरेको हो । सोमबार पत्रकार सम्मेलन गरी काभ्रे प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको छ ।

आइतवार बिहान नग्न र घोप्टो परेको अवस्थामा फेला परेको शव सिन्धुलीको मरिण घर भै घिमिरे गाउँमा ज्यालामजदुरी गरी बस्ने पचपन्न वर्षीय दुधलाल थिङ्गको भएको भन्ने खुलेको काभ्रे प्रहरीका सूचना अधिकारी समेत रहेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन । शवको प्रकृती हेर्दा कर्तब्य ज्यान भन्ने खुल्न आएपछि अनुसन्धानमा रहेको प्रहरीले घटनाको १२ घन्टामै हत्या अभियोगमा दुई जनालाई समात्न सफल भएको छ ।

एकान्त स्थल र सीसीक्यामेरा नभएको हुँदा सादा पोशाकमा रहेका प्रहरीले अनुसन्धान अघि बढाएका डिएसपी श्रेष्ठले जानकारी दिए । अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयबाट प्रहरी निरीक्षक डा नारायण ज्ञवालीको नेतृत्वमा तालिमप्राप्त कुकुर सहितसहित अनुसन्धान अघि बढाइएको उनले बताए । अनुसन्धानबाट हत्यामा संलग्न २ जनालाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले पुष्टि गरे ।

प्रकाउ पर्नेमा भक्तपुरको चाँगुनारायण ८ का २१ वर्षीय समिर राय र काभ्रेको बनेपा १ बस्ने २२ वर्षीय ईश्वर बिक रहेका छन् । उनीहरुले हत्यामा संलग्न हुँदा लगाएको कपडा लुकाएको समेत बरामद भएको प्रहरीको भनाइ छ । उनीहरुले हत्या गरेको स्वीकार गरेका डिएसपी श्रेष्ठले जानकारी दिएका छन ।

अभियुक्तहरु मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा थिङ्गसंग भेट भएको र सामान्य भनाभन हुँदा कुटपिट गरी लडाई ढुंगाले पछाडि टाउकोमा हानी फरार भएको खुल्न आएको डिएसपी श्रेष्ठले जनाएका छन् । हत्याको कारणबारे थप अनुसन्धान भैरहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.