भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकाले लगायो युरोपेली देशलाई प्रतिबन्ध

अमेरिकाले लगायो युरोपेली देशलाई प्रतिबन्ध

काठमाडौं । अमेरिकाले युरोपेली देशहरुलाई यात्रामा प्रतिवन्ध लगाइएको छ । एक महिनाको प्रतिवन्धमा बेलायतबाहेकअरु युरोपेली देशहरुलाई अमेरिकाले यात्रामा प्रतिवन्धको घोषणा गरेको हो ।

अमेरिकामा कोरोनाको थप संक्रमण बढ्न नदिन यात्रामा प्रतिवन्ध लगाउनु परेको राष्ट्रपति ट्रम्पले बताए । ‘कोरोना भाइरसको चुनौतीसँग लड्न सरकार सबै शक्ति प्रयोग गर्न तयार रहेको भन्दै ट्रम्पले भनेका छन्, ‘वास्तवमा कोरोना भाइरस पूरै विश्वको शत्रु हो । हामी यसबाट छिटोभन्दा छिटो सुरक्षित रहनुपर्छ । मेरालागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार १ सय ३५ पुगेको छ भने ३८ जनाको मृत्यु भएकाे छ । कोरोना संक्रमितको संख्या विश्वभर एक लाख १ लाख १५ हजार भन्दा बढी पुगेकाे छ ।

 


Thali Mobile Pvt.Ltd.