भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

अर्थमन्त्री विवादबारे छानबिन गर्न संसदीय समिति बनाउन माग

अर्थमन्त्री विवादबारे छानबिन गर्न संसदीय समिति बनाउन माग

काठमाडौं । नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विवादबारे तत्काल छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् । ‘बजेट निर्माणको बेलाको विषयसमेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेकाले विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गर्न उपसभापति खड्काले माग गरेका हुन् ।

काँग्रेस उपसभापति खड्काले विगतमा पनि यस्ता घटनाहरुमा संसदको यस्तो परम्परा रहेको अवगत गराउँदै ढिलो नगरी आजै टुङ्गो लगाउँन संसदीय छानविन समिति गठन गरिनु राम्रो हुने जिकिर गरे ।

त्यसैगरी काँग्रेसकै महामन्त्री गगनकुमार थापाले गठबन्धन सरकारले जनताका अपेक्षाहरु पूरा गर्न नसकेको र जनतामा विश्वासिलो काम गर्न अर्थमन्त्रीलाई प्रधानमन्त्रीले राजीनामा गराएर छानबिन गर्नु पर्ने बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.