भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

अल कायदाका नेता जवाहिरी अमेरिकी कारबाहीमा अफगानिस्तानमा मारिए, राष्टपति बाइडेनद्धारा पुष्टि

अल कायदाका नेता जवाहिरी अमेरिकी कारबाहीमा अफगानिस्तानमा मारिए, राष्टपति बाइडेनद्धारा पुष्टि

वासिङ्टन ,। आतङ्कवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् ।अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका अमेरिकाका विभिन्न मिडियाले सोमबार जानकारी दिएका छन् । ती मिडियाका अनुुसार सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट ती अल कायदाका नेता मारिएका हुन् । यस विषयमा ह्वाइट हाउसले सुरुमै केही सूचना दिएको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस विषयको जानकारी दिनुहुने बताइएको छ । जवाहिरी अल कायदा सङ्ठनका नेता थिए । उनी सन् २०११ मा सो संगठनका नेता छानिएका थिए ।अल कायदाका तत्कालीन नेता ओसामा बिन लादेन सन् २०११ मा मारिएका थिए । अमेरिकी सेनाको कारबाहीमा लादेन मारिएपछि त्यसको दुई महिना पछि सो संगठनको नेता जवाहिरी चयन भएका थिए ।

राष्ट्रपति बाइडेनद्धारा जवाहिरी मारिएको पुष्टि

यसैबीच अर्को एक समाचारमा अल कायदाका नेता आइमन अल जवाहिरी मारिएको समाचारको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गर्नुभएको छ ।
राष्ट्रपति बाइडेनले सोमबार राति दिनुभएको एक सन्देशमा अल कायदाका नेता जवाहिरीको अमेरिकी सेनाको कारबाहीमा मारिएको बताउनुभएको हो ।
उहाँले अमेरिकाको प्रति आतङ्कवादी कारबाही अन्तर्गत अमेरिकाको कारबाहीमा आतङ्कवादी सङ्गठनका नेता जवाहिरी मारिएको पुष्टि गर्नुभएको हो ।