भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वबाट जतिसक्दो छिटो बाहिरिन आग्रह

अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वबाट जतिसक्दो छिटो बाहिरिन आग्रह

काठमाडौं, १९ फागुन । अमेरिकाले मध्यपूर्वका विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई जतिसक्दो छिटो सुरक्षित रूपमा बाहिरिन आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले सम्भावित आक्रमणको जोखिम बढेकाले क्षेत्र छोड्न आफ्ना नागरिकलाई सल्लाह दिएको हो । यस चेतावनीमा वेष्ट बैंक, गाजा, जोर्डन, बहराइन, मिस्र, इरान, इराक, इजरायल, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमन रहेका छन् ।

इजरायल र अमेरिकाले इरानमाथि सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चर्किएको छ । त्यसपछि इरानले पनि इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरू लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

साउदी अरबको रियादस्थित अमेरिकी दूतावास क्षेत्रमा ड्रोन आक्रमण भएको विवरणसमेत सार्वजनिक भएको छ । क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.