भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वबाट जतिसक्दो छिटो बाहिरिन आग्रह

अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वबाट जतिसक्दो छिटो बाहिरिन आग्रह

काठमाडौं, १९ फागुन । अमेरिकाले मध्यपूर्वका विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई जतिसक्दो छिटो सुरक्षित रूपमा बाहिरिन आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले सम्भावित आक्रमणको जोखिम बढेकाले क्षेत्र छोड्न आफ्ना नागरिकलाई सल्लाह दिएको हो । यस चेतावनीमा वेष्ट बैंक, गाजा, जोर्डन, बहराइन, मिस्र, इरान, इराक, इजरायल, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमन रहेका छन् ।

इजरायल र अमेरिकाले इरानमाथि सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चर्किएको छ । त्यसपछि इरानले पनि इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरू लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

साउदी अरबको रियादस्थित अमेरिकी दूतावास क्षेत्रमा ड्रोन आक्रमण भएको विवरणसमेत सार्वजनिक भएको छ । क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.