भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण

एजेन्सी । इरानले कतारस्थित अमेरिकी सैन्य अड्डा आक्रमण गरेको पुष्टि भएको छ । कतारको रक्षा मन्त्रालयका अनुसार अल उदैद एयर बेसलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको हो ।

कतारको राजधानी दोहाको दक्षिण–पश्चिममा अवस्थित अल उदैद एयर बेस मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा मानिन्छ । मन्त्रालयले मंगलबार राति इरानबाट दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । तीमध्ये एकलाई हवाई प्रतिरक्षा प्रणालीले अवरोध गरेको र अर्को अड्डा क्षेत्रमा खसेको उल्लेख गरिएको छ ।

उक्त घटनाबाट मानवीय क्षति नभएको जनाइएको छ । भौतिक क्षतिबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन । कतारी सशस्त्र बलले देशको सार्वभौमसत्ता र भू–भागको सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गर्दै कुनै पनि बाह्य खतराको कडा जवाफ दिने चेतावनी दिएको छ ।

मन्त्रालयले नागरिक, विदेशी बसोबासकर्ता र आगन्तुकलाई शान्त रहन तथा आधिकारिक सूचनामा मात्र भर पर्न आग्रह गरेको छ ।

यसअघि इरानी आक्रमण सुरु भएयता कतारी हवाई क्षेत्रतर्फ तीनवटा क्रुज क्षेप्यास्त्र, १०१ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र ३९ वटा आत्मघाती ड्रोन आएको पत्ता लागेको जनाइएको थियो । तीमध्ये सबै क्षेप्यास्त्र र २४ वटा ड्रोन अवरोध गरिएको मन्त्रालयले दाबी गरेको छ ।

अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चुलिएको छ । त्यसको जवाफस्वरूप इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य सम्पत्तिलाई लक्षित गरी आक्रमण जारी राखेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.