भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

अहिलेसम्म कहाँ, कसले कति जिते ? (सूचीसहित)

अहिलेसम्म कहाँ, कसले कति जिते ? (सूचीसहित)

काठमाडौं । ३० जिल्लाका विभिन्न ४१ पदमा भएको  स्थानीय तह उपनिर्वाचनको मत परिणाम धमाधम आउने क्रम जारी छ । हालसम्म ३३ स्थानको परिणाम सार्वजनिक भएको छ।

अहिलेसम्मकाे परिणाम अनुसार नेपाली कांग्रेसले १५ वडामा जित हासिल गरेको छ । नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ ।

नेकपा (माओवादी केन्द्र) ले पाँच वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक-एक स्थानमा जित हासिल गरेका छन् ।

कुन दलले कहाँ जिते ?
नेपाली कांग्रेसका जितेका वडा

१. कीर्तिपुर नगरपालिका–१ इच्छाकुमार महर्जन
२. भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द
३. ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु
४. गढी गाउँपालिका–६तेतर साहु
५. राजपुर नगरपालिका–६ समसे आलम
६. रुन्टीगढी गाउँपालिका–४ भूपमणि पुन मगर
७. ईशनाथ नगरपालिका–७ शेख अब्दुल खलिक
८. सानीभेरी गाउँपालिका–५ मोतीराम खत्री
९. हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी
१०. डोटी पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा
११. लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु
१२. दुहुँ गाउँपालिका–५ धनसिंह कुँवर
१३. कुशे गाउँपालिका–७ खम्ब बहादुर सिंह
१४. गुल्मी मुसिकोट नगरपालिका–१ आनन्द श्रेष्ठ
१५. बर्दिया ठाकुरबाबा–४ अमिन थारू

एमालेका जितेका पालिका र वडा
१. दैलेख महाबु गाउँपलिका अध्यक्ष– जंगबहादुर शाही
२. बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्ष– सुलोचनाकुमारी भण्डारी
३. शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान
४. रामगोपालपुर नगरपालिका–२ मा सकिवुल खाँ
५. दुल्लु नगरपालिकामा–१३ मा लालबहादुर शाही
६. मोलुङ गाउँपालिका–५ मा गंगाबहादुर तामाङ
७. सिरीजंगा गाउँपालिका–३ कुमारी सावादेन

माओवादीले जितेका वडा
१. नुवकोट ककनी गाउँपालिका–२ मा कृष्ण घिमिरे
२. उदयपुर त्रियुगा नगरपालिका–१२ मा नवीनकुमार वान्तवा
३. धनुषा नगरपालिका–१ मा सुनिल काफर केवट
४. गोरखा नगरपालिका–५ मा विष्णुबहादुर मगर
५. पुथा उत्तरगंगा–२ मा जगत घर्ती

रास्वपाले जितेको वडा
१. काठमाडौं–१६, रोजिना श्रेष्ठ

नेकपा एकीकृत समाजवादी
१. रौतहट गढीमाई–८ मा बजरंगीप्रसाद यादव

जसपाले जितेका वडा
१. सप्तरी डाक्नेश्वरी–१ धिरेन्द्रकुमार साह
२. डाक्नेश्वरी–४ मा देवेन्द्रप्रसाद यादव

नेमकिपाले जितेको वडा
१. कालिकोट तिलगुफा-४ को मा खड्कराज शाही

 


Thali Mobile Pvt.Ltd.