भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

३७ स्थानको मत परिणाम सार्वजनिक, पहिलो काँग्रेस, दोस्रो माओवादी केन्द्र र तेस्रो एमाले

३७ स्थानको मत परिणाम सार्वजनिक, पहिलो काँग्रेस, दोस्रो माओवादी केन्द्र र तेस्रो एमाले

काठमाडौं । उपनिर्वाचन २०८१ को परिणाम आउने क्रम जारी रहेको छ । स्थानीय तहमा रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको परिणाम सार्वजनिक हुने क्रम जारी रहेको हो ।

निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको र बाँकी ४ पदमा मतगणना जारी रहेको आयोगले जनाएको छ । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रले एक–एक स्थानमा जित निकालेका छन् ।

कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ । नेकपा माओवादी केन्द्र एक अध्यक्ष, एक उपाध्यक्ष र ६ वडाध्यक्ष गरी ८ स्थानमा विजयी हुँदै दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेले हालसम्म एक अध्यक्ष, एक उपाध्यक्ष र पाँच वडाध्यक्षसहित ७ स्थानमा जितेको छ । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ ।

 


Thali Mobile Pvt.Ltd.